टीकापुर

टीकापुरमा भन्सार छलिका सामानसहित एक जना पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढीः कैलालीको टीकापुर नगरपालिकाबाट भन्सार छलिका सामानसहित एक जना पक्राउ परेका छन्।

टीकापुर नगरपालिका–७ बाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी २ लाख ७२ हजार मूल्यको अबैध पटाकासहित टीकापुर नगरपालिका–९ बस्ने २८ वर्षीय दिपक धामी सोमवार पक्राउ परेका हुन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार धामीले प्रयोग गरेको से ३ प ४३६९ नम्वरको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ।

बिज्ञापन

विज्ञापन

यसैगरी सोमवार कैलालीको बिभिन्न स्थान धनगढी–३ ट्राफिक चौहारा, धनगढी–९ भैंसीघाट, गोदावरी–४ हनुमान मन्दिर नजिक र टीकापुर–५ संकरपुर पेट्रोल पम्प नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १ लाख १९ हजार ७१० मूल्य बराबरको भन्सार छलिका सामान बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।उक्त स्थानबाट चिनी, मिठाई, सट, साडी, सुटपिस, लेहेङ्गा, ग्याँस, प्रेसर कुकर, प्लाष्टिक झिल्ली, माछा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको बताएको छ। 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।