गौरीफन्टा नाकामा नेपालीहरुलाई आवागमन गर्न सहज बनाइयो

धनगढी । दशैतिहारको अवधिमा कैलालीको भारतीय सिमानाका गौरिफण्टाबाट नेपालीहरुलाई २४ सै घण्टा ओहोरदोहोर गर्न पाउने भएका छन् । नेपाल र भारतका सुरक्षा अधिकारीबीच भएको छलफलमा सिमानाकामा २४ सै घन्टा आहोरदोहोर गर्न दिने सहमति भएको छ ।
भारतीय सीमानाका गौरिफन्टाबाट सामान्यतयाः बिहान ६ बजेदेखि राती ८ बजेसम्म मात्रै भारतीय पक्षले ओहोरदोहोर गर्न दिने गरेको थियो । दुवै देशका सुरक्षा अकारीबीच बसेको बैठकपछि चाडवाडको समयमा जुनसुकै वेला पनि नेपालीहरुले आवतजावत गर्न पाउने सहमति भएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्र्वाटर कैलालीका गणपति दलबहादुर पाण्डेयले रातीको समयमा पनि सिमानाका खुला हुने सहमति भएको बताए ।

सशस्त्र प्रहरी उपरीक्षक पाण्डेयले सवारी साधन बिग्रेर वा अन्य कुनै प्राविधिक कारणले रातभर सिमानाका मै बस्नुपर्ने बाध्यता रहेकोले जुनसुकै समयमा पनि ओहोरदोहोर गर्ने व्यवस्था गरिएको बताए । उनले दसैँ, तिहार, छठलगायतका चाडपर्व मनाउन भारतका विभिन्न शहरबाट घर फर्किने नेपालीहरुलाई सीमा क्षेत्रमा दुःखकष्ट तथा लुटपाट हुन नदिन पनि सहजीकरण गरिने बताए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
