खेलकुद

क्यानाडा बन्यो त्रिकोणात्मक सिरिजको विजेता, नेपालको आशामा तुषारापात

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । क्यानाडामा भएको त्रिकोणात्मक टि–२० सिरिज घरेलु टिमकै पोल्टामा गएको छ । हिजो राति भएको खेलमा ओमानलाई पराजित गर्दै क्यानाडा विजेता बनेको हो ।

यदि क्यानाडाले हारेको भए नेपाल रनरेटका आधारमा विजेता बन्न सक्थ्यो । तर, ओमानमाथि क्यानाडाले ५ विकेटको सहज जित हात पार्यो । तीन खेल जितेको क्यानाडा ६ अंकसहित समूहको अग्रस्थानमा रहेर उपाधिमा कब्जा जमाएको हो ।

बिज्ञापन

पहिलो ब्याटिङ गरेको ओमान ८२ रनमा समेटिएको थियो । ओमानका लागि कप्तान अकिब इलियास (३५ रन) र नवौं नम्बरमा आएका सखिल अहमद (१८ रन) बाहेक कसैले पनि दोहोरो अंकमा रन बटुल्न सकेनन् । चार जना ब्याट्सम्यान शून्यमा आउट भएका थिए ।

क्यानाडाका अखिल कुमार र प्रवीण कुमारले ३–३ विकेट बाँडे । जवाफी ब्याटिङमा क्यानाडाले ५ विकेट गुमाएर १४.१ ओभरमै लक्ष्य भेट्यो ।
प्रतियोगितामा नेपाल दुई जितसहित दोस्रो स्थानमा रहेको छ ।

नेपालले ओमानलाई दुवै खेलमा पराजित गरेको थियो भने क्यानाडासँग दुवै खेलमा हार व्यहोरेको थियो । एक खेलमा क्यानाडालाई हराएको ओमान बाँकी तीन खेलमा पराजित भएर तेस्रो स्थानमा रह्यो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।