चरेससहित कैलालीमा दुई जना पक्राउ

धनगढी । कैलालीमा चरेससहित २ जना पक्राउ परेका छन्। जिल्लाको बर्दगोरिया गाउँपालिका–२ बौनिया बजारबाट चरेससहित घोडाघोडी नगरपालिका–७ का २५ वर्षीय अर्जुन बिक र गौरिगंगा नगरपालिका–७ की २६ वर्षीया निशा चौधरी पक्राउ परेका हुन।
बौनिया बजारमा सवारी चेक–जाँचको क्रममा से १ ख ११८८ नम्बरको बसमा सवार उनीहरुलाई शंकालागि चेकजाँच गर्दा निशाको साथबाट लागूऔषध ९चरेश० बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ। २० दश्मलव ५० ग्राम तौल भएको चरेससहित दुबै जनालाई इलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटिएको प्रहरी टोलीले आइतवार नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाइएको छ।

डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
