अवर्गीकृत

७७औं निरंकारी सन्त समागमको सेवा विधिवत रुपमा आरम्भ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

समालखा, ६ अक्टूम्बर । ७७औं निरंकारी सन्त समागमको सेवा विधिवत रुपमा आरम्भ भएको छ । यस संसारमा अनेकौं मान्छेहरु बसोबास गर्दछन् । उनीहरुको भिन्न–भिन्न भाषा, खान–पान, जाति, धर्म र संस्कृति आदि रहेका छन् । तर यति विभिन्नता हुँदापनि हामी सबैमा एउटा कुरा सामान्य रहेको छ त्यो हो हामी सबै मानव हौं । जस्तोसुकै हाम्रो रुप–रंग, भेशभूषा, खान–पान, सबैको शरीरमा एउटै प्रकारको रगत बगिरहेको छ र सबैले एउटै प्रकारको स्वाँस लिरहेका छन् । हामी सबै एउटै परमात्माका सन्तान हौ । यसै भावलाई अनेकौं सन्तहरुले भिन्न–भिन्न समय र स्थानमा आफ्नो भाषा र शैलीमा ‘सम्पूर्ण संसार, एक परिवार’ को सन्देशलाई फैलाउँदै आएका छन्् । पछिल्ला करिब ९५ वर्षदेखि सन्त निरंकारी मिशन पनि यसै सन्देशलाई फैलाउनुको साथै अनेकौं सत्संग र समागमको नियमित रुपबाट आयोजना गरेर जीवन्त उदाहरण पनि पेश गरिरहेको छ । मिशनका लाखौ भक्तहरु यस वर्ष पनि १६, १७ र १८ नवम्बर २०२४ मा सन्त निरंकारी आध्यात्मिक स्थल, समालखा, हरियाणामा हुने ७७औं वार्षिक निरंकारी सन्त समागममा पुगेर मानवताको महाकुम्भको एक पटक फेरी दृष्य सजाउन गइरहेका छन् । देश–विदेशबाट आउने यी भक्तहरु जहाँ सत्गुरु माता सुदीक्षा जी महाराज र सत्कारयोग निरंकारी राजपिता रमित जीको पावन दर्शन गरेर स्वयंलाई कृतार्थ भएको अनुभव गर्ने छन्, त्यही एकापसमा मिलेर सन्त समागमको शिक्षाबाट आफ्नो मनलाई उज्जवल बनाउने प्रयास पनि गर्ने छन् ।

उक्त सन्त समागमको भूमिलाई समागमको लागि तयार गर्ने सेवाको शुभारम्भ ६ अक्टूम्बरका दिन प्रत्येक वर्षको जस्तै सत्गुरु माता सुदीक्षा जी महाराज र निरंकारी राजपिता जीको कर–कमलद्वारा गरिएको छ । यस अवसरमा मिशनका कार्यकारिणीका सबै सदस्य, केन्द्रीय सेवादलका अधिकारी र सत्संगका अन्य हजारौं अनुयायीहरुको उपस्थिति रहेको थियो ।

बिज्ञापन

समागम सेवाको शुभ अवसरमा विशाल सत्संगलाई सम्बोधित गर्दै सत्गुरु माता जीले भन्नुभयो कि सेवा गर्ने समय सेवालाई भेदभावको दृष्टिबाट नहेरौं, सधैं निरिच्छत, निकाष्म भावबाट नै गरौं । सेवा तब वरदान साबित हुन्छ जब त्यसमा कुनै प्रकारको किन्तु–परन्तु हुँदैन । त्यसको कुनै समय सीमा पनि हुनुहुँदैन कि समागमको दौरान तथा समागमको समाप्ति हुँदासम्म सेवा गर्नु पर्दछ । यसको साटो अर्को समागमसम्म पनि सेवाको यही उत्साह यथावत रहनु पर्दछ । यो त निरन्तर चल्ने प्रक्रिया हो । सेवा सधैं सेवाबाट युक्त भएर गर्नु पर्दछ, चाहे त्यो हामी शारीरिक रुपमा अक्षम हौ वा असर्थ हौं सेवा स्वीकार हुन्छ किनभने त्यो सेवा भावनाबाट युक्त हुने गर्दछ ।

स्मरण रहोस कि निरंकारी सन्त समागम एक यस्तो दिव्य उत्सव हो जसको प्रतिक्षा भक्तहरुले प्रत्येक वर्ष गरिरहेका हुन्छन् । यस उत्सवमा मानवता, अपार प्रेम, करुणा, विश्वास र समर्पणको भावलाई विशाल परमात्माको ज्ञानको आधार दिदै सुशोभित हुन्छ । मानवताको यस उत्सवमा सबै धर्म–प्रेमीहरुलाई हार्दिक स्वागत छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।