राष्ट्रिय समाचार

दाङको घोराहीमा झण्डै ५० किलो बढी लागूऔषधसहित तीनजना पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

रूपन्देही । दाङको घोराही-१८ मसिनामा प्रहरीले लागूऔषध (अफिम र चरेश) सहित तीन जनालाई पक्राउ गरेको छ।

लोक कल्याणकारी विज्ञापन

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख अर्जुन तिमिल्सेनाका अनुसार असोज २२ गते दिउँसो गोप्य सूचनाको आधारमा सुविन्द्र पुन र चेतन बुढालाई नियन्त्रणमा लिएर खानतलासी गर्दा अफिम बरामद भएको थियो।

लोक कल्याणकारी विज्ञापन

सोधपुछको क्रममा अफिम रुकुम पुर्वका बिनी पुनबाट खरिद गरेको खुल्न आएपछि प्रहरीले बिनी पुनको डेरामा छापा मारी थप चरेश र अफिम बरामद गरेको हो।

बिज्ञापन

पक्राउ परेका व्यक्तिहरूमा ३७ वर्षीय सुविन्द्र पुन, ५१ वर्षीय चेतन बुढा, र ४२ वर्षीय बिनी पुन रहेका छन्। प्रहरीले उनीहरूको साथबाट ३८ किलो ९७२ ग्राम चरेश र ११ किलो १८० ग्राम अफिमसहित विभिन्न उपकरणहरू बरामद गरेको छ।

पक्राउ परेकाहरूलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन