घटना

खुर्पा प्रहारबाट श्रीमती गम्भीर घाइते

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

दाङ : दाङको तुलसीपुरमा श्रीमानले धारियो हतियार प्रयोग गरि श्रीमतीलाई गम्भीर घाइते बनाएका छन्। तुल्सीपुर- १३ दमार गाउँमा श्रीमानको खुर्पा प्रहारबाट श्रीमती गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।  

दंगीशरण गाउँपालिका–६ बागर कि ४० वर्षीय निरा बादीलाई उनका श्रीमान राजकुमारले आक्रमण गरेको  इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए।

बिज्ञापन

८/१० दिन अगाडि श्रीमान–श्रीमतीबीच घरायसी विवाद हुँदा निरा तुलसीपुर–१३ बखरियास्थित माइती घरमा गएर बस्दै आएको र असोज २२ गते उनका श्रीमान ५२ वर्षीय राजकुमार बादी श्रीमतीलाई लिन भनेर माइती घरमा गएको अवस्था पुनः  दुईजनाबीच वादविवाद भएको प्रहरीले जनाएको छ।

सोही क्रममा राजकुमारले घाँस काट्न प्रयोग गरिने खुर्पाले प्रहार गर्दा श्रीमती निराको घाँटी, हात र मुखमा गहिरो चोट लागेको र उनी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते उनलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ। श्रीमतीमाथि प्रहार गरेको खुर्पा राजकुमारले आफ्नै टाउकोमा समेत प्रहार गर्दा गहिरो चोट लागेको र उनको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।