राजनीति

सरकार मरेपनि न्यायलय मरेको छैन, सभापति निर्धक्क हुनुहुन्छ: डिपी अर्याल

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डिपी अर्यालले पार्टी सभापति रवि लामिछानेलाई थुन्न पाए रास्वपा सकाइन्थ्यो भन्ने मनसाय कांग्रेस एमालेले राखेको बताएका छन्।

सभापति रवि लामिछानेलाई पक्राउ गरेपछि पोखरामा जारी प्रदर्शनको क्रममा बोल्दै रास्वपा २१ सांसदसहित सदन छिरेपछि रोक्ने षड्यन्त्र गरेकै कारणले चितवनमा दुई पटक चुनाव गर्नुपर्ने अवस्था आएको बताए।

बिज्ञापन

उनले भने,‘हामीले जनताका लागि केही गर्ने उद्देश्यका साथ हिँडेको थियौं। हामीले रवि लामिछाने एक जनाको लागि मागेका होइनौं। म आग्रह गर्छु, हामीले केही गर्नको लागि थालिएको अभियानलाई रोक्न रविमाथि अप्रत्यासित ढंगले पक्राउ गरिरहेको छ।’

संसदीय छानविन समितिले सहकारीमा कुनै संलग्नता नदेखिएपनि आगामी चुनावमा आफूहरु सकिने डरको कारणले त्रसिएर दुई तिहाइ सरकारको दम्भ देखाएको बताए।

उनले भने, ‘मैले भखरै पार्टी सभापतिलाई भेटेर आएको छु। उहाँ निर्धक्क हुनुहुन्छ। हामीलाई न्यायलयप्रति विश्वास छ। हामीले सघाउने हो। यो देशमा सरकार मरिसक्यो, न्यायलय मरेको छैन। न्यायलयले रवि लामिछाने होइन एउटा अभियानलाई बचाउनेछ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।