घटना

कैलालीमा ६ ग्राम खैरो हेरोइनसहित ४ जना युवक पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढीः कैलालीमा ६ ग्राम खैरो हेरोइनसहित ४ जना युवक पक्राउ परेका छन्।

लोक कल्याणकारी विज्ञापन

इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डाबाट खटिएको संयुक्त प्रहरी टोलीले चार जना युवकलाई खैरो हेरोइनसहित पक्राउ गरेको हो। टीकापुर नगरपालिका–९ खक्रौलाबाट टीकापुर–१ का २१ वर्षीय बिशाल शाही ४ ग्राम ६१० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका छन्।

लोक कल्याणकारी विज्ञापन

उनलाई इलाका प्रहरी कार्यालय टीकापुरमा राखेर थप अनुसन्धान भइरहेको छ। यस्तै इलाका प्रहरी कार्यालय मालाखेती र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका–५ गेटाबाट घनगढी उपमहामगरपालिका–१३ का २३ वर्षीय प्रबिन रानालाई १ ग्राम ३१० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका छन्।

बिज्ञापन

यस्तै लम्की–चुहा नगरपालिका–४ बलियाबाट लागुऔषध कारोबार भइरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले सोही स्थानका २० वर्षीय खेमराज जैशी र २२ वर्षीय धिरज चौधरीलाई ८० वटा ट्रमाडोल, २० वटा स्पास, र १६ वटा ट्याबलेट अभिलसहित दुवै जनालाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय लम्कीमा राखेर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन