घटना

हराएका व्यक्ति लाई उदार गरि आफन्तको जिम्मा लगाइयो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ :नेपाल पुर्खिउली घर पन्चदेवल नगरपालिका विनायक अछाम घर भै हाल बर्दिया जिल्लाको राजापुर स्थित गणेशपुर बस्ने खडक सिंह रोकायाको नाती,लालसिंह रोकायाको छोरा वर्ष ३४ का मान बहादुर रोकाया भारतको गुजरात राज्यको अंकलेश्वर बाट हराएर भरुचको सि.डिभीजन पुलिस चौकी पुगेर आफू हराएको जानकारी गराए।

लोक कल्याणकारी विज्ञापन

पुलिस चौकी बाट प्रवासी नेपाली संघ भारत गुजरात राज्य समिति अन्तर्गत पर्ने अंकलेश्वर भरुच नगर समितिका अध्यक्ष रमेश न्यौपाने लाई हराएको मान्छे पुलिस चौकीमा छ त्यसको बारेमा जानकारी गराए लगत्तै अध्यक्ष रमेश न्यौपानेले नगर समितिका सचिव – पदम बिष्ट लाई हराएका व्यक्ति पुलिस चौकीमा रहेको जानकारी गराउदै उदार र आफन्तको खोजी गर्न अह्राए।

लोक कल्याणकारी विज्ञापन

नगर सचिव विष्ट पनि तुरुन्तै पुलिस चौकी पुगे। नगर अध्यक्ष र सचिवले नगर सदस्य प्रेम बहादुर कडायत लाई जानकारी गर्दा आफ्नै नजिक का छिमेकी रहेको बताए।

बिज्ञापन

आफन्तजन पनि केही समय पछी पुलिस चौकीमा पुगे लग्तै प्रवासी नेपाली संघ भारतका केन्द्रिय सचिवालय सदस्य तथा गुजरात राज्य समितिका इन्चार्ज टेक रावल भीजन,नगर अध्यक्ष रमेश न्यौपाने,सचिव पदम बिष्ट र पुलिस प्रतिनिधिको उपस्थितिमा कमल कडायतको जिम्मा लगाईयो।

यस्ता हराएका खबर दिनप्रतिदिन सुनिरहेका हुन्छौं। यस लाई कम गर्न सबै नेपाली दाजुभाई तथा दिदिबहिनीहरुले सचेतना र जागरणको अभियान संचालन गर्नुपर्छ। सबै सुरक्षीत रहने र सतर्कता अपनाउने !

यदि कोही नयाँ मान्छे,नयाँ स्थानमा जाँदै हुनुहुन्छ भने स्पष्ट ठेगाना, नाम र मोबाइल नम्बर सहितको कार्ड आफ्नो पकेटमा बोकेर हिड्नु पर्छ। अन्तमा यो प्रवासमा हरेक मान्छेका समस्या र बाध्यता आ-आफ्नै छ्न तर पनि मानवीय कल्याण,सहयोग र उदारका लागि हर हमेशा तयार हौ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन