घटना

कैलालीमा ५४९.२०० ग्राम सुनसहित २ जना भारतीय नागरिक पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी। कैलालीमा सुनसहित २ जना पक्राउ परेका छन् । सुन, नगद, ल्यापटप, २ थान मोबाइलसहित २ जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय, कैलालीले ५४९ दशमलव २ सय ग्राम सुन जस्तै देखिने वस्तुसहित दुई जनालाई पक्राउ गरिएको छ । धनगढी उपमहानगरपालिका–३, ट्राफिक चौराहमा चेकजाँच गरिएको भारतीय नम्बर प्लेटको सो गाडीबाट सुनसहित दुबै जनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख (एसपी) पदमबहादुर बिष्टको कमाण्डमा खटिएको टोलीले युपी ३२ जेभी ९२०० नम्बरको गाडी चेकजाँच गर्दा सुन जस्तो देखिने वस्तु, एक थान ल्यापटप, दुई थान मोबाइल, नेपाली रुपैयाँ ४४ हजार ८१० र भारतीय रुपैयाँ एक हजार २८० फेला पारेको छ । गाडीका चालक भारतको पलियाका ४४ वर्षीय दिपक गुप्ता र सोही गाडीमा सवार ३४ वर्षीय सुमित वर्मालाई नियन्त्रणमा लिइएको छ ।

प्रहरीले शंका लागेपछि गाडी चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा सुन जस्तो देखिने वस्तु, नगद र ल्यापटपसहित गाडी र सो गाडीमा सवारी दुबै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गर्ने काम भइरहेको प्रहरी कार्यालयले जनाएको छ । बरामद गरिएको वस्तु सुन होकी होइन भन्ने विषयमा चेकजाँचपछि मात्र थाहा हुने बताइएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।