घटना

कुवेतमा नेपाली महिलामाथि मालिकको ‘अत्याचार’

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । करिब पाँच महिनाअघि मात्र घरेलु कामदारका रूपमा कुवेत पुगेकी पाल्पाको माथागढी गाउँपालिका–७ घर भएकी २१ वर्षीया यानीसरा घर्तीमगरले आत्महत्या गरेकी छन् ।

लोक कल्याणकारी विज्ञापन

पाल्पा घर भए पनि पछिल्लो समय प्यूठानको सरुमारानी बस्ने गरेकी उनी गैरकानुनी बाटो हुँदै कुवेत पुगेकी थिइन् । तर, उनले मालिकको अत्याचार सहन नसकेपछि गत २४ डिसेम्बरमा आत्महत्या गरेको कुवेतमा बसोबास गर्दै आएका घनश्याम थापा मगरले बताए ।

लोक कल्याणकारी विज्ञापन

उनले आत्महत्या गरेको जानकारी पाएपछि सरुमारानी गाउँपालिका–५ ले कुवेतस्थित नेपाली दूतावासलाई पत्र लेख्दै शव बुझ्न कुवेतमै कार्यरत मृतकका पति रामबहादुर घर्ती मगरलाई सिफारिस गरिएको जनाएको छ । मृतकको शव नेपाल पठाउन दूतावास र रोजगारदाता कम्पनीसँग समन्वय भइरहेको बताइएको छ ।

बिज्ञापन

अवैध बाटो हुँदै दलालका माध्यमबाट कुवेत पुग्ने धेरै घरेलु महिला कामदारले आत्महत्या गर्ने गरेको त्यहाँ रहेका थापा मगर बताउँछन् । घर मालिकको मानसिक तथा शारीरिक यातना, यौनजन्य गतिविधि गर्ने जस्ता कारणले नेपाली महिलाले कुवेतमा आत्महत्या गर्ने गरेको उनको भनाइ छ ।

घरेलु कामदारको समस्या जटिल छ । कुवेतमा अहिले श्रम स्वीकृति नलिई गैरकानुनी बाटो हुँदै आएका नेपाली महिलाको संख्या उल्लेख्य छ । यसाँ करिब ४२ हजार नेपाली महिला छन् ।

कुवेतमा घरेलु महिला कामदारको अवस्था दयनीय रहेको भन्दै उनले तत्काल नेपालबाट अवैध बाटो हुँदै कुवेत आउनेहरूलाई रोक्नुपर्ने बताए । यसरी नरोके धेरै नेपाली महिलाले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था आउन सक्ने उनले बताए ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन