विवाहित महिलासँग प्रेम सम्बन्धमा रहेका प्रहरी जवानविरुद्ध जबरजस्ती करणीको उजुरी

जनकपुरधाम । जबर्जस्ती करणी अभियोगमा इलाका प्रहरी कार्यालय लहान, सिरहाको मुद्दा शाखामा कार्यरत प्रहरी जवान नवीन यादव पक्राउ परेका छन् । एक महिलाले दिएको उजुरीको आधारमा यादवलाई नियन्त्रणमा लिइएको सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्र पासवानले बताए ।
उनीमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ ।

प्रहरी जवान यादव विवाहित महिलासँग प्रेममा थिए । उनले ती महिलालाई डिभोर्स गर्न लगाएर पछि विवाह गर्न अस्वीकार गरेकाे स्राेतले बतायाे ।
स्रोतका अनुसार ती महिलालाई प्रहरी जवान यादवले लहानमा कोठा भाडामा लिएर राख्दै आएका थिए । अहिले उनलाई कोठाबाट समेत निकालिएको छ । त्यसपछि महिलाले जबरजस्ति करणीकाे उजुरी दिएकी हुन् ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
