राजनीति

ओलीको सन्देश बोकेर मोरङ पुगेका बादलले भने- पार्टीमा गुटबन्दी वर्जित छ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

विराटनगर । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापाले पार्टी केन्द्रीय कमिटीको सन्देश भन्दै सहमतिको माध्यमबाट नयाँ नेतृत्व छान्न सुझाव दिएका छन् ।

नेकपा एमाले मोरङको दशौँ अधिवेशनको प्रमुख अतिथि बनेका थापाले केन्द्रीय कमिटीको सुझाव लिएर आफू आएको भन्दै पार्टीमा गुटबन्दी वर्जित भएको बताए ।

बिज्ञापन

उनले पार्टीका अधिवेशनमा प्यानल सहित उम्मेदवार खडा नगर्न निर्देशन दिए । ‘पार्टी अध्यक्षको सन्देश लिएर आफू मोरङको अधिवेशनमा आएको हुँ । उनले भने, ‘पार्टी अध्यक्षको सन्देश छ प्यानलको रूपमा उम्मेदवार खडा गरे गुटबन्दी गर्ने छुट कसैलाई छैन । उनले पार्टीमा अधिवेशनमा प्यानल खडा हुनु भएको गुटबन्दीलाई संस्थागत गर्नु हो । सहमतिबाटै नेतृत्व चयन गर्नु पर्छ ।’

एमाले मोरङको अधिवेशन आजबाट सुरु भएको छ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएकाले नेतृत्वको दौडमा दुई वटा समूह खडा भएका छन् । एउटा समूहका नेतृत्व विनोद ढकालले गरेका छन् । उनी एमाले कोशी प्रदेशको अध्यक्षमा पराजित भएका हुन् । उनी प्रदेश अध्यक्षमा पराजित भए पनि एमाले मोरङको पकड बलियो देखिएको छ ।

प्रतिनिधि छनौट भएर आइसक्दा पनि सहमतिबाट नेतृत्व चयन हुन नसक्ने देखिएपछि अधिवेशनको उद्घाटन सत्रमा बोल्ने अधिकांश नेताहरूले सहमतिमा नयाँ नेतृत्व चयन गर्न निर्देशन दिए ।

गुटबन्दीले पार्टी बलियो नहुने बताउँदै नेताहरूले गुटबन्दीका कारण पार्टीले लिएको लक्ष्य पुरा नहुने बताए ।उद्घाटन सत्रमा बोल्दै उपाध्यक्ष थापाले एमालेले मात्रै देशको अवस्था बदल्न सक्ने भन्दै अवस्था परिवर्तनका लागि पार्टी भित्र एकमना सहमति आवश्यक रहेको बताए ।

एमाले स्थायी कमिटी सदस्य तथा कोशी इन्चार्ज शेरधन राईले सहमतिका आधारमा नयाँ नेतृत्व चयन हुन पर्छ । साथीहरू प्रतिनिधिका रूपमा हलमा आउनु भएको छ । इन्चार्ज राईले भने, पार्टी बनाउने विषयमा यहाँहरूले पार्टीको नीति र विचार र नेतृत्वको निर्देशन अनुसार काम गर्न पर्छ ।

अधिवेशनमा संस्थापन पक्षले राजकुमार ओझालाई अध्यक्षको रूपमा अगाडि सारेको छ । उनी उद्घाटन सत्रमा भन्दा पनि बाहिर मत माग्न व्यस्त देखिन्थे । यस्तै विनोद ढकाल समूहले अजम्वर राईलाई अध्यक्षको रूपमा अगाडि सारेको छ । १९ गते निर्वाचन प्रक्रिया सुरु हुने अधिवेशनको उद्घाटन सत्रमै प्रतिनिधिहरू निर्वाचनको माहौलमा होमिएका छन् ।

हिजो सम्म अधिवेशनको उद्घाटनमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली आउने बताइएको थियो । आजको उद्घाटन सत्रमा भने प्रमुख अतिथिको रूपमा थापालाई पठाइएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।