टीकापुर

सन्त निरंकारी सत्संग भवन टीकापुरद्वारा पार्क सरसफाई

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, १८ फागुन । सन्त निरंकारी सत्संग भवन टीकापुरद्वारा पार्क सरसफाई गरिएको छ ।

फागुन ९ गतेका दिन टीकापुर पार्क सरसफाई गर्ने क्रममा कर्णाली नदीको तटमा रहेको फोहोर, लेउ आदिको सरसफाई गर्नुको साथै नदी छेऊ ओर्लिने खुटाकिला र त्यसको वरपरको क्षेत्रको सरसफाई गरिएको थियो । त्यस्तै टीकापुर पार्कमा रहेको पिकनिक स्थलको वरिपरि रहेको फोहोर–मैलाको पनि उचित ठाउँमा लगिएर व्यवस्थापन गरिएको थियो ।

बिज्ञापन

सतगुरु बाबा हरदेव सिंह जी महाराजको जन्मोत्सवको अवसरमा संसारभरिका सन्त निरंकारी मिशनका अनुयायीहरुले प्रत्येक वर्ष फरवरी २३ तारीकका दिन अमृत प्रोजेक्ट अन्र्तगत ‘स्वच्छ जल स्वच्छ मन’ को नारालाई चरितार्थ गर्न विश्वका विभिन्न देशमा रहेका खाने पानीका मुहार, नदी, पोखरी, ताल, झरना, खाने पानी स्थल आदि ठाउँको सरसफाई गर्ने गरिन्छ, सन्त निरंकारी सत्संग भवनका मुखी महादेव भण्डारी भन्नु हुन्छ ।

निरंकारी बाबा हरदेव सिंह जी महाराजले भन्नु भएको छ– ‘प्रदुषण बाहिर होस वा भित्र दुबै हानिकार हुन्छ ।’ बाहिरी प्रदुषणले पनि त्यति कै हानि गर्छ र भित्रकोले पनि त्यति कै । स्वास्थ रहन हामीले दुईटै प्रदुषणलाई हटाउनु पर्छ । बाहिरी प्रदुषण त हामी भौतिक प्रविधिको प्रयोग गरेर हटाउन सक्छौ तर भित्री प्रदुषण भने हामीले सत्गुरुको शरणमा आएर ब्रम्हज्ञान प्राप्त गरेर मात्र हटाउन सक्छौ, उहाँकोे भनाई रहेको थियो ।

टीकापुर पार्क सरसफाईमा करीब ९० भन्दा बढी सन्त निरंकारी सेवादल तथा साध संगतका सदस्यहरुको सहभागिता रहेको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।