टीकापुरलाई गुलाबको शहर बनाउन सन्त निरंकारी मण्डल नेपालले सहयोगको हात अगाडि बढाउने

टीकापुर, १८ फागुन । टीकापुरलाई गुलाबको शहर बनाउन सन्त निरंकारी मण्डल नेपालले सहयोगको हात अगाडि बढाउने भएको छ ।

टीकापुरलाई गुलाबको शहर बनाउन सन्त निरंकारी सत्संग भवन टीकापुर र सन्त निरंकारी आदर्श विद्या मन्दिर उच्च माध्यमिक विद्यालय टीकापुरले सहयोगको हात अगाडि बढाएको छ ।


उक्त अवसरमा सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलले टीकापुर शहरलाई गुलाबको शहर बनाउने योजना अन्र्तगत हामी पनि यस कार्यलाई अगाडि बढाउन आफ्नो संस्था र विद्यालय परिवार लागी परेको बताउनु भएको छ । विभिन्न संघ–सस्था र विद्यालयलाई केहि क्षेत्रहरु तोकिएको छ जसमा हामीलाई पनि विद्युुत कार्यलयदेखि पेट्रोल पम्पसम्मको १८५ मिटरको क्षेत्र दिइएको छ । त्यसैको सरसफाई गरेर गुलाबको बोट लगाउने कार्यमा हामी जुटेका छौ । हामीलाई दिएको जिम्मेवारी हामी कटिबद्धताका साथ अगाडि बढ्ने उहाँले बताउनु भयो ।

गत माघको अन्तिम सातामा सन्त निरंकारी सत्संग भवन टीकापुर र विद्यालयका स्वयं सेवकहरुले टीकापुर विद्युुत कार्यलयदेखि पेट्रोल पम्पसम्मको १८५ मिटर लामो तारबारीले घेरीएको सडक पेटीभित्र सरसफाई, माटो मिलान तथा समथल बनाई गुलाब लगाउन तयारी अवस्थामा पारेका थिए ।

अब केहि दिन भित्रै सत्संग भवन टीकापुर र सन्त निरंकारी आदर्श विद्या मन्दिरले आफ्नै सहयोगमा गुलाबका बोटहरुको व्यवस्था गरेर त्यसलाई चाहिने आवश्यक मल–जलको तयारी गरेर गुलाबको बोट रोपण गर्ने सन्त निरंकारी मण्डल नेपाल तथा सन्त निरंकारी आदर्श विद्या मन्दिरका गुठियार बोर्डका अध्यक्ष नर बहादुर रावलले बताउनु भयो ।
सरसफाई तथा माटो मिलान कार्यलाई सफल पार्न सन्त निरंकारी सत्संग भवन टीकापुरका साध संगतका १५० र विद्यालयका शिक्षक र विद्यार्थी गरेर ५० जनाको उत्सहाजनक सहभागिता रहेको थियो ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.