घटना

कैलालीमा विद्युत् प्राधिकरणका कर्मचारीमाथि खुकुरी प्रहार, एक युवक पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

२७ फागुन, धनगढी । कैलालीमा विद्युत् प्राधिकरणका कर्मचारीमाथि दिनदहाडै खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

विद्युत् प्राधिकरणको धनगढी वितरण केन्द्र अन्तरगतको अत्तरिया शाखामा कार्यरत सुन्दरलाल चौधरीमाथि खुकुरी प्रहार गरेको आरोपमा मार्टेन भनिने २० वर्षीय प्रविन शाहीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दर्शन खड्काले शाहीलाई सोमबार गोदावरी नगरपालिकाको गेटा क्षेत्रबाट पक्राउ गरिएको जानकारी दिए । उनलाई अहिले इलाका प्रहरी कार्यालय मालाखेतीको नियन्त्रणमा राखिएको छ ।

चौधरीमाथि २२ फागुनमा कार्यालय परिसरमै खुकुरी प्रहार भएको थियो । खुकुरी प्रहार गरेको अभियोगमा शाहीसहितका केही व्यक्तिविरुद्ध इलाका प्रहरी कार्यालय मालाखेतीमा किटानी जाहेरी परेको छ ।

शाही पक्राउ परेपनि अन्यको खोजी भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) गंगा थापाले बताए ।

उनकाअनुसार खुकुरी प्रहारबाट घाइते भएका चौधरीको काठमाडौँको मेडिसिटी हस्पिटलमा उपचार भइरहेको छ । चौधरी विद्युत प्राधिकरणमा फोर म्यानका रुपमा कार्यरत थिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।