राजावादीको आन्दोलन अनियंत्रित भएपछि पत्रकार सहित २ जनाको मृत्यु दुर्गा प्रसाईं सम्पर्क बिहिन

काठमाडौं । राजावादीको आन्दोलनको कमान्डरको जिम्मेवारी लिएका दुर्गा प्रसार्र्ईं तिनकुनेमा अराजकता मच्चाउन थालेपछि अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले गोलि चलाएको थियो जसमा परेर किर्तिपुर निवासी सविन महर्जनको मृत्यु भएको छ।
भने त्यस्तै प्रदर्शनकारी हरुले एउटा घरमा लगाएको आगोमा परेर पत्रकार सुरेश रजकको पनि मृत्युु भएको छ। प्रहरीले दुर्गा प्रशाइको खोजी तिब्र पारेको छ भने ऊनी सम्पर्कविहीन भएका छन् । पक्राउ गर्न हिँडेको प्रहरी टोलीले उनको भक्तपुरको घरमा खोजी गर्दा उनी भेटिएका छैनन् । प्रसाईंलाई पक्राउ गर्न उपत्यका प्रहरी कार्यालयको टोली र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली खटिएको छ ।
तर, उनी सम्पर्कविहीन भएका छन् । प्रहरी अधिकारीका अनुसार उनको खोजी तीब्र पारिएको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

