जनकपुरमा एमालेको गणतन्त्र जागरण जुलुस

जनकपुरधाम । नेकपा एमाले धनुषाले राजतन्त्रवादीको भण्डाफोर र गणतन्त्रको पक्षमा जागरण सन्देश दिन जनकपुरधाममा मोटरसाइकल जुलुस निकालेको छ ।
एमाले धनुषाका अध्यक्ष राजकिशोर यादवको नेतृत्वमा निकालिएको मोटरसाइकल जुलुसमा नेता-कार्यकर्ता सहभागी थिए ।

प्रदर्शनमा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री उमाशंकर अरगरिया पनि सहभागी बने । प्रदर्शनमा उत्रेका उनीहरूले जन्मसिद्ध श्रेष्ठता अस्वीकार गरौं, दास र रैती बन्न मञ्जुर छैन, जनताको बहुदलीय जनवाद जिन्दावादजस्ता नारा लगाएका छन् ।एमालेले राजावादीहरूले तीनकुनैमा मच्चाएको हिंसा, हत्या र लुटपाटको पनि विरोध गर्दै संलग्नहरुमाथि कडा कारबाही गर्न माग गरेका छन् ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
