सहयोग तथा उदार

सन्त निरंकारी मण्डल नेपालद्वारा सिकिस्त घाईतेलाई सहयोग

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

फलिबिसौनी (सडकपुर), १८ चैत्र । सन्त निरंकारी मण्डल नेपालद्वारा सिकिस्त घाईतेलाई सहयोग गरेको छ । फलिबिसौनी (सडकपुर) घर भएका दल बहादुर टमट्टा ‘देउले’ लाई आर्थिक सहयोग स्वरुप रु. ९२,२६४÷– (बयानब्बे हजार दुई सय चौसठ्ठी) सहयोग गरेको छ ।

दुई महिना पहिले घास काट्ने क्रममा आफ्नै घर नजिक रहेको रुखबाट लडेर उनको पेटबाट आन्द्रा–भूँडी बाहिर निस्किएकोे थियो । त्यसको अहिलेसम्म पैसाको अभावमा उपचार हुन सकिरहेको छैन । भारतको लखनऊमा उचारको लागि गएका थिए तर पैसा अभावको कारण अधूँरो उपचार गरेर घर फिर्ता भएका थिए । आर्थिक अवस्था निकै दयनिय भएको र बेलुकी–विहान हात–मुख जोड्ने समस्य भएका कारण उपाचार गर्नुमा समस्या आइरहेको उनी बताउँछन् ।

बिज्ञापन

उनी भन्छन्, ‘आर्थिक अवस्था निकै कमजोर भएकोले गाई–भैसी, बाख्रा पालेर आफ्नो परिवारको जीविकार्पजन गर्दै आएको थिए । त्यसै सिलसिलामा स्याउला (घास) काट्नको लागि रुखमा चढेको थिए । अचानक रुखको हाँगो भाँचिर म तल भूईमा खस्न पुगे जसबाट मेरो पेटमा रहेको आन्द्रा–भूँडी नै सबै बाहिर आयो । अलिकता पैसाको व्यवस्था गरेर उपचारको लागि लखनऊ गए तर पैसा अभावको कारण अपूरो उपचार गरेर घर फिर्ता भए । के गर्ने दुःखीको भाग्य नै यस्तै हुँदो रहेछ’, उनी आँखाभरि आँशु निकाल्दै रुन थाल्छन् ।

यस समाचारलाई सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय सदस्य देवराज रिमालले थाह पाएपछि उनले यस विषयलाई केन्द्रीय कमिटिमा राख्नुभयो र केन्द्रीय अध्यक्ष नर बहादुर रावलको आव्हानमा नेपालमा रहेका निरंकारी सत्संग भवनबाट सन्तहरुले आफ्नो इच्छा अनुसार सहयोग गरेर उक्त रकम उठाएका थिए ।

उक्त अवसरमा सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय अध्यक्ष नर बहादुर रावलले आर्थिक अवस्था जिर्ण भएका कुनैपनि दुःखीलाई सहयोग गर्ने एउटा मानविय गुण वा धर्म भएकोले सन्त निरंकारी मण्डललाई थाह भइसकेपछि भारतमा उपचारको क्रममा त्यहाँका सन्त–भक्तहरुले पनि सहयोग गरेका थिए, त्यसमा पनि पैसाको अपुग भएको कारण हामीले पनि नेपालका सन्त–भक्तहरुको तर्फबाट छोटो समयमा नै सानो रकम हस्तान्तरण गरेका हौं । सन्त निरंकारी मिशनले नेपालमा समय–समय आइपर्ने दैविय प्रकोप जस्तै आगलागि, बाढी–पहिरो, भूकम्प आदि जस्ता विपतका घटनाबाट पिडितहरुलाई सहयोग गर्दै आइरहेको छ । त्यस्तै विगत ३५ वर्षदेखि कैलाली लगाएत विभिन्न जिल्लाहरुमा रक्तदान पनि गर्दै आएको बताउनु भयो ।

त्यस्तै उहाँले २०५५ सालतिर टीकापुरमा एम्बुलेन्स सेवाको कुनै सुविधा नएभकोले विरामीलेहरुले उपचारको लागि निकै हैरानी ब्यहोर्नु पथ्र्यो, त्यसलाई मध्यनजर गरेर मिशनले एम्बुलेन्स सेवाको विस्तार गरयो । यो सेवा करिब १३ वर्षसम्म जारी रह्यो । सन्त निरंकारी मिशन एक गैरनाफा मूलक संस्था हो । यसको माध्यमबाट हामी समय–समयमा समाज कल्याणका सेवाहरु गर्दै आइरहेका छौ, उहाँले बताउनुभयो । अन्तमा सन्त देउलेको उपचारमा सहयोगको लागि सबैलाई आव्हन गर्नुभयो ।

यस्तै प्रकारले राजपुरमा आयोजित सत्संग कार्यक्रममा घोडाघोडी–८ कैलाली निवासी चक्र बहादुर साउँदको घरमा आगो लागेर गोठ, भन्छा, समान र श्रीमती ललु देवी साउँद जलेर गम्भिर घाइते भएर उपचारको क्रममा स्थानीय अस्पतालमा भर्ना गरिएकीले सहयोग स्वरुप रु.२२,०००÷– संकलन गरेर पिडित चक्र बहादुर साउँदलाई हस्तान्तरण गरिएको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।