आरसीबीको जितको लय

काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपीएल)मा रोयल च्यालेन्जर्स बैङ्गलोर(आरसीबी)ले तेस्रो जित दर्ता गरेको छ। प्रतियोगिताको चौथो खेलमा मुम्बई इन्डियन्स(एमआइ)लाई १२ रनले पराजित गर्दै आरसीबीले तेस्रो जित निकालेको हो।
घरेलु मैदान वाङ्खडे क्रिकेट स्टेडियममा मुम्बई इन्डियन्सले टस जितेर आरसीबीलाई ब्याटिङको निम्तो दिएको थियो। पहिले ब्याटिङ गरेको आरसीबीले २२१ रन बनायो।

आरसीबीले दिएको २२२ रनको लक्ष्य पछाएको एमआइले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै २०९ रन जोड्यो।
मुम्बईका लागि तिलक बर्माले सर्वाधिक ५६ रनको अर्धशतकीय पारी खेले उनले २९ बलमा समान ४ चौका र ४ छक्का प्रहार गरे। ओपनरद्वय रोहित शर्मा र रयान रिकेल्टोनले समान १७-१७ रन बनाए। विल ज्याक्सले २२, सूर्यकुमार यादवले २८ रन बनाउँदा कप्तान हार्दिक पाण्ड्याले ४२ रन बनाए। नमान धिरले ११ रन जोड्दा अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।
आरसीबीका लागि बलिङतर्फ कुर्नाल पाण्ड्याले सर्वाधिक ४ विकेट लिए। यस दयाल र जोस ह्याजलवुडले समान २-२ विकेट लिए। भुवनेश्वर कुमारले १ विकेट लिए।
पहिलो इनिङ्समा ब्याटिङ गरेको आरसीबीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२१ रन बनाएको थियो।
आरसीबीका लागि ओपनर विराट कोहोलीले सर्वाधिक ६७ रन बनाए। उनले ४२ बलमा ८ चौका र २ छक्का प्रहार गरेका हुन्।देवदत्त पार्टिकलले ३७ र कप्तान रजत पार्टीदारले ६४ रन बनाए। जेतिस शर्मा ४० रनमा र टिम डेबिट एप ११ रनमा अविजित रहे।
मुम्बईका लागि बलिङमा जसप्रीत बुमराह फर्किएका थिए। उनले चार ओभर बलिङ गरे पनि विकेट भने निकाल्न सकेनन्। बलिङमा ट्रेन्ड बोल्ड र हार्दिक पाण्ड्याले समान २-२ विकेट लिए। विगनेस पुथुरले १ विकेट लिए।
४ खेल खेलेको आरसीबीले एकमात्र हार बेहोरेको छ। अङ्कतालिकामा छ अङ्क बटुल्दै आरसीबी हाल तेस्रो स्थानमा रहेको छ। मुम्बईको भने यो पाँचौं खेल थियो। हालसम्म एकमात्र जित दर्ता गरेको मुम्बईले ४ खेलमा हार बेहोरिसकेको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
