खेलकुद

नेपाललाई कतारले दियो १५२ रनको लक्ष्य

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । हङकङमा सुरु भएको चारदेशीय टी-२०आई सिरिजको पहिलो खेलमा कतारले नेपाललाई १५२ रनको लक्ष्य दिएको छ ।

नेपालविरुद्ध टस हारेर पहिला ब्याटिङ गरेको कतारले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५१ रन बनाएको हो ।

बिज्ञापन

कतारका मुहम्मद इक्रामुल्लाहले अर्धशतक प्रहार गरे । उनी ५४ बलमा ५४ रन बनाउँदै आउट भए ।

बलिङमा नेपालका सोमपाल कामी, करण केसी, नन्दन यादव, ललित राजवंशी र गुल्सन झाले एकएक विकेट लिए । नन्दनले टी-२०आईमा डेब्यु विकेट लिएका हुन् ।

चारदेशीय सिरिजमा नेपाल, हङकङसहित कतार र कुवेत समावेश छन् । सिरिजमा प्रत्येक टोलीले प्रत्येकसँग खेल्नेछ । शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।