‘१७ हजार प्रचण्डले मार्यो भन्छन्, मैले एक जनालाई पिटेको पनि छैन’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायका बाँकी काम हरहालतमा टुंगोमा पुर्याइने बताएका छन् ।
संक्रमणकालीन न्यायसम्बन्धी खिमलाल देवकोटाले लेखेको पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उनले पीडित केन्द्रमा राखेर शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउने बताए ।

उनले भने, ‘एक थरी मानिसहरू इतिहासलाई पछाडि धकेल्ने चाहनाका साथ १७ हजारको हत्यारा भनिरहन्छन् । यो त होइन, त्यो युद्धको नियमअनुसार भएको कुरा हो । राज्य पक्षले कति मार्यो, विद्रोहले कति के ग¥यो भन्ने कुरा अध्ययन र अनुसन्धान गर्न सकिन्छ, तर के आरोप सत्य हो त ? १७ हजार माओवादीले, अझ प्रचण्डले आजभोलि त भन्ने, मैले एक जनालाई पिटेको पनि छैन अहिलेसम्म हत्याको त कुरै छाडौं, व्यक्तिको कुरा गर्ने हो भने । युद्धको नेतृत्व मैले गरेको हो । मैले शान्तिमा आएपछि सम्पूर्ण कुराको जिम्मा लिन्छु भनिरहेकै छु, तर यति धेरै गलत आरोप लागिरहेको छ ।’
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
