आस्था /आध्यात्म

अछामको ढकारीमा वृहत सत्संग सम्पन्न

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

अछाम (ढकारी), ३० चैत्र । अछामको ढकारीमा वृहत (खुल्ला) सत्संग सम्पन्न भएको छ । अछामको विकट ठाउँमा रहेको ढकारी गाउँपालिको प्राङ्गणमा आयोजित विशाल सत्संग कार्यक्रमलाई सम्बोधन गर्दै सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय अध्यक्ष नर बहादुर रावलले ‘हरदेव बाणी’ मा लेखिएका उदगारको सहारा लिदै भन्नुभयो कि ‘जसको भक्ति जसको पूजा उसको ज्ञान जरुरी छ । भन्दछ हरदेव पहिला ईश्वरको पहिचान जरुरी छ ।’ भन्नुको तात्पर्य एउटा आस्तिकले भन्छ म परमात्मालाई मान्दछु । नास्तिकले भन्छ म परमात्मालाई मान्दैन । गहिरिएर विचार गर्दा यी दुईटैमा फरक के छ भने एकले मान्द छ तर मानेको छैन, अर्को नास्तिक मान्दैन । जबसम्म ईश्वर–परमात्माको बोध अथाव जानकारी हुँदैन, तबसम्म मानेर पनि कुनै लाभ हुन सक्दैन । आस्तिक भएर पनि त्यो भक्ति पूर्ण हुँदैन । आज सन्त निरंकारी मिशनमा सत्गुरु माता सुदीक्षा जी महाराजले ब्रम्हज्ञानको माध्यमबाट ईश्वरको वोध गराई विश्वबन्धुत्व, भक्ति, प्रेमको सन्देश दिइरहनु भएको छ । यसरी सत्गुरुको कृपाबाट ब्रम्हज्ञानलाई प्राप्त गरेर मानव जीवनलाई चौरासी लाख योनिबाट छुटकारा गराएर मानव योनि पाएको सार्थक गर्न सकिन्छ, उहाँले बताउनु भयो ।

अनेकौ धर्म ग्रन्थहरुमा परमात्माको बारेमा उल्लेख गरिएको छ तर त्यसलाई सहि रुपबाट जान्ने कार्य हामीबाट भएन । ईश्वर परमात्माका अनेकौं रुप रहेका छन् तर ईश्वर परमात्मा संसारमा एउटै रहेको छ । ईश्वरले चन्द्रमा, सूर्य, अकाश, तारा, पृथ्वी, जल, थल, पशु–पंक्षी अनि नर–नारी बनायौं र तिमीले नै सबैको पालन–पोषण गर्छौ, समय–समयमा हर्छौ–भर्छौ, बुझ्न गाहे तिम्रो काम, परमेश्वर हो तिम्रो नाम । यस नौ प्रकृतिको रचना परमात्माले गरयो । सत्गुरुबाट ब्रम्हज्ञान नलिनुभन्दा अगाडि हामी यिनीहरुलाई ईश्वरको रुप मानेर पूजा गर्ने गथ्र्यो । यसको वास्तविक निर्माता को हो त्यसको हामीलाई कुनै जानकारी थिएन । ईश्वरको कृपाबाट सत्गुरुले हामीलाई बोध गरायो । यी प्रकृति हुन, परमात्मा होइन । परमात्माको कुनै आकार छैन, कुनै रुप–रंग छैन यो निराकार छ । यो सृष्टिमा ब्याप्त रहेको छ । चराचरमा व्याप्त रहेको छ । यो नै ईश्वर–परमात्मा हो । श्रीकृष्ण भगवानले पनि अर्जुनलाई भन्नुभएको छकि जब–जब पृथ्वीमा धर्मको ग्लानी हुन्छ, पापको वृद्धि हुन्छ तब–तब धर्म रक्षाको लागि पातालमा म प्रकट हुने छु । आज मानवको रक्षार्थ मानव रुपमा सत्गुरु आएर संसारमा मानवलाई मानव बनाएर संसारमा सुख–शान्तिको स्थापना गरेर विश्वमा भाइचाराको वातावरणलाई स्थापित गरिरहेको कुरा उहाँले प्रष्ट पार्नुभयो ।

बिज्ञापन

हामी सबैको घर निराकार हो । चौरासी लाख योनिको चक्कर काट्दा हामीलाई कति दुःख भएको थियो होला, त्यो कुरा हामीले मानव योनि पाईसकेपछि बिर्सि सक्यौं । आज सत्गुरुको कृपाबाट ब्रम्हज्ञानको माध्यमबाट पुनः मानवा योनि पाएको सफल गर्न गइरहेका छौ । हाम्रो वास्तविक घर कुन हो, हामीले कहाँ जानु छ त्यसको कुरा आज सत्गुरुले मानवलाई सम्झाई राख्नु भएको छ, उहाँले बताउनु भयो ।
उहाँले अगाडि सम्झाउनु भयो कि निरंकारी मिशनले कहिल्यै पनि अरु माथि भार बन्नु हुँदैन भन्ने सन्देश दिन्छ । यसले कहिल्यै पनि चन्दा संकलन गरेर अरुलाई दुःख पु¥याउने कार्य गर्दैन । हामीले समाजमाथि बोझ बन्नु हुँदैन । आफ्नो असल कर्म गरेर त्यसमाथि रमाउन सिक्नु पर्दछ भन्ने सन्देश संसारलाई दिरहेको छ । जुन प्रकारले मृगको नाभीमा कस्तुरी रहेको हुन्छ । मृगले त्यस कस्तुरीलाई खोज्नको लागि जंगल–जंगल दौडिन्छ, आखिर कतै नपाएर आफ्नौ नाभीमा रहेको कुरा उसलाई थाह हुन्छ । त्यस्तै प्रकार हामीले परमात्मालाई कहाँ–कहाँ नै खोजे नै तर सत्गुरु कृपाबाट थाह भयो कि यो आफ्नो अंगसंगमा नै रहेछ । आज यसैको जानकारी सत्गुरुले संसारका मानव प्राणीहरुलाई गराई राख्नु भएको छ, उहाँले बताउनु भयो ।


त्यस्तै प्रकार वडा अध्यक्ष चन्द्र बहादुर बुढाले आफूले निरंकारी मिशनको नाम मात्र सुनेको तर यो के कस्तो हो भन्ने बारेमा थाह नपाएको हुँदा आज यस ढकारीमा सत्संगको आयोजना गरेर यसको बारेमा जानकारी दिएकोमा धन्यवाद दिदै उहाँले भन्नुभयो कि हामीले बुझेको र सम्झेको कुरामा धेरै अन्तर रहेछ । अब यसको बारेमा थाह भयो, हामीबाट हुने जस्तो सुकै सहयोग गर्न तयार रहेको कुरा व्यक्त गर्नुभयो ।

त्यस्तै ढकारी गाउँपालिका अध्यक्ष प्रकाश बहादुर साउँदले सत्संगको कार्यक्रमबाट ढकारी गाउँपालिकामा सकारात्मक सन्देश गइरहेको बताउनु भयो । कार्यक्रम उचित ठाउँमा भइरहेको छ, यसबाट धेरैलाई फाईदा पुग्ने आशा राखेको बताउँदै यसभन्दा अगाडि हामी पैसाको चक्करमा एक–अर्काप्रति लञ्छाना भेदभाव लगाउने गथ्र्यो तर आज निरंकारको सन्देशले सबैमा सकारात्मक सन्देश जाने ईच्छा प्रकट गर्नुभयो । हाम्रो समाज अनेकौं लागु औषध तथा दुव्र्यसनीतिर पनि गइरहेकोले त्यस्ता व्यक्तिहरुलाई पनि यस मिशनको सन्देशले सकारात्मक उर्जा प्रदान गर्ने छ । आफूले बुझे अनुसार सन्त निरंकारी मिशनले संसारमा सत्यको सन्देश दिने गर्दछ । सत्यको सन्देशबाट मानव कल्याण हुन सक्ने भएकोले यहाँका निरंकारी अनुयायीहरुले हाम्रो गाउँघरका व्यक्तिहरुलाई मिशनको सन्देश पु¥याउन सके ढकारी गाउँपालिकालाई एक सभ्य समाजको निर्माण गर्न सकिने र निरंकारी मिशनले सत्संग कार्यक्रम एक निश्चित अवधिमा नै समाप्त गर्ने भएकोले हामीले पनि समय अनुसार नै आफ्नो कार्यलाई अगाडि बढाउन सके सफल हुन सक्ने धारणा ब्यक्ति गर्नुभयो ।

पूर्व जिल्ला सभापति भरत बहादुर स्वाँरले आफूले पटक–पटक निरंकारी मिशनको कार्यक्रममा भागलिन पाएकोमा खुशी व्यक्त गर्दै आकार नभएको निराकारमा नै यो संसार व्याप्त रहेको छ । यस पृथ्वीमा भएका जतिपनि मानव, पशु–पंक्षी, किट–पतंङ आदि सबै यस निराकारका सदस्य हुन । यस दुई दिनको चोलामा हामीले केहिपनि लिनुदिनु छैन । खाली हात आएका हौ, खाली हात जाने छौं । दुर्लभ मानव चोला पाएका छौ, यस योनिमा निरंकार–परमात्मालाई राम्रोसंग बुझेर मानव चोला पाएको सार्थक गर्न सकौं भन्दै उहाँले धारणा राख्नुभयो ।


समाजसेवी बल बहादुर कुँवरले सन्त निरंकारी मण्डलले अछामको दुर्गग गाउँपालिका ढकारीलाई रोजेर यहाँको सामाजिक परिवर्तन गर्न खोजेकोमा आफू धेरै खुशी भएको बताउनुभयो । साथै मानवताको पाठ पढाउन यो ठाउँ रोजेकोमा हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले जुनसुकै विषयमा पनि गहिरीएर अध्यान र अनुसन्धान जरुरी छ । हामी आत्माबाटै अहिले आध्यात्मिकबादलाई अगाडि सार्नु पर्छ भन्ने मनोभावना हामीमा उत्पन्न भएको छ, यो नै सबैभन्दा ठुलो उपलब्धि हो । ढकारी गाउँपालिका कर्णाली र सेती नदीको बीचमा टापुको रुपमा रहेको छ । यो विकास र सामाजिक परिवर्तनको हिसाबले धेरै पछाडी परेको छ । यस ठाउँबाट बिभिन्न जिल्लाहरुमा बसाई–सराई भएर गएका छन् । यस्तो ठाउँलाई सन्त निरंकारी मण्डलले रोजेर सत्संगको कार्यक्रम गरेर यहाँको समाजलाई आध्यात्मिक दिशामा अगाडि बढाउन पहल गरेकोमा धन्यवाद दिनुभयो ।

सत्संग कार्यक्रममा समाजसेवी धन बहादुर बुढा, तुलाराम उपाध्याय, टोप बहादुर शाही, गोकुल बहादुर भाट, दिनेश बुढा, सेर बहादुर बुढा, नृर्प बहादुर थापा, रमेश भण्डारी, चन्द्र बहादुर बुढा, झंकर बुढा लगाएत स्थानीय बुद्धिजीवी तथा व्यापारीहरुको उपस्थिति रहेको थियो ।

तेज बहादुर बोहराको हरदेव बाणीबाट आरम्भ भएको सत्संग कार्यक्रममा खिमा एवं साथी, बल बहादर रावल, मनिषा रोकाया, मिन प्रसाद भण्डारी, पवित्रा एवं साथी, लाल बहादुर रावल, भरत, कविराज रेग्मी, कौशिल्या, सुरत सोडारी, नन्दाली, प्रकाश साउँद, प्रशन्न बटाला, मोहन विष्ट, रिता एवं साथी, सेवादल संचालक अर्जुन पार्की, ज्ञान प्रचारक ऋषिराम सापकोटा, क्षेत्रिय संचालक नर बहादुर बटाला, सिद्ध, सेवादल प्रकाश भण्डारी एवं दीपक रावल, सेवादल संचालक बल बहादुर सार्की, ममता एवं साथी, जय बहादु साउँद, करुणा एवं साथी, सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख देवराज रिमाल, धनञ्जय एवं साथीले भजन वा प्रवचनको माध्यमबाट आ–आफ्नो भाव व्यक्त गरेका थिए भने सेवादल संचालक मिशन जीद्वारा धुनी गायन गरेर सत्संगको समापन गरिएको थियो । सत्संग कार्यक्रमको संचालन राजन रेग्मीले गर्नुभएको थियो ।

कैलाली, कञ्चनपुर, डोटी, अछाम, दैलेख, सुर्खेत जिल्लाबाट करिब ५०० भन्दा बढी सन्तहरुको सहभागिता रहेको थियो । आएका सबै सन्त–भक्तहरुको लागि खानु–बस्नु व्यवस्था निःशुल्क रुपमा गरिएको थियो ।

रक्तदान शिविरको आयोजना
अछाम (ढकारी) । अछामको ढकारी गाउँपालिकाको प्राङ्गणमा बिहान ८.०० बजेदेखि रक्तदान शिविरको पनि आयोजना गरिएको थियो । ‘रगत नालीमा होइन, नाडीमा बगाऔं’ भन्ने निरंकारी बाबा हरदेव सिंह जी महाराजको सन्देशलाई आत्मसाथ गर्दै जिल्ला अस्पताल मंगलसेनको सहयोगमा रक्तदान शिविरको आयोजना गरिएको थियो । उक्त शिविरमा विभिन्न ठाउँबाट आएका सन्त परिवारले १० पिन्ट रगत दान गरेका थिए । रक्तदान शिविर ढकारी गाउँपालिका अध्यक्ष प्रकाश बहादुर साउँदको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।