सुदूरपश्चिम प्रदेश

गोरु जोतेरै सडकमै रोपियो धान…… सडक नै खेतजस्तो देखियो मंगलसेन अछाम

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी: अछामको सदरमुकाम मंगलसेनको बीच बजारको सडकमा धान रोपिएको छ। सडक हिलाम्य भएपछि स्थानीयले रोपाइँ गरेर विरोध गरेका हुन्।

उनीहरूले सडकमा गोरु जोतेरै विरोध गरेका छन्। बजारको मुख्य सडकमा हिलो भएका कारण उनीहरूले रोपाइ गरेको बताएका छन। मंगलसेन बजारदेखि विद्यालय र क्याम्पसहरूमा जाने सडकमा स्थानीयले विरोध स्वरुप रोपाइ गरेका हुन्। विसं २०६७ सालमा मंगलसेनको जीरो प्वाइन्टदेखि जिल्ला अस्पतालसम्म ६ मिटरको सडक बनाउन पहल गरिएको थियो। तर, अहिलेसम्म सडकको अवस्था उस्तै रहेपछि स्थानीय युवाहरू एकजुट भएर विरोध स्वरूप रोपाइँ गरिएका हुन्।

बिज्ञापन

मंगलसेन बजारदेखि क्याम्पससम्मको सडक निर्माण भइरहेको र निर्माणको समयमा सडकमा हिलो हुनु स्वाभाविक भएको मंगलसेन नगरपालिकाका नगर प्रमुख पदम बोहराले बताएका छन्। सडक निर्माणको काम जारी रहेकाले विरोधले नगरपालिकालाई केही फरक नपर्ने उनले बताए। केही स्थानीयले सडकका लागि एक इन्च जग्गा नदिने अडान राखेपछि सडक विस्तार गर्न नसकेको समेत उनले बताए। दुई पटक नगर प्रमुख भएका बोहराले पटक-पटक स्थानीयको असहयोगका कारण अप्ठ्यारो अवस्था सिर्जना भएको बताए।

सडकको स्तरोन्नतिका लागि ६६ लाखमा ठेक्का सम्झौता गरिएको छ। तर, रकम अपुग भएको भन्दै निर्माण व्यवसायीले काम गर्न सकेको छैन।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।