कैलाली जिल्लाको जानकी-९ अमरावतीमा ८० वर्षिय वृद्धाको हत्या गरेर सुन लिएर फरार

टीकापुर (कैलाली), असार १७ गते । टीकापुर क्षेत्रको अमरावतीमा ८० वर्षिय वृद्धाको हत्या गरेर सुन लिएर फरार भएको घटना बाहिरिएको छ । कैलालीको जानकी गाउँपालिका वडा नम्बर ९ अमरावतीमा एक बृद्धाको घरभित्रै हत्या गरिएको छ ।
घरमा एक्लै बस्ने ८० बर्षीया मातादेवी शाहीको हत्या भएको जनाइएको छ । जानकी गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्ष खगेन्द्र भण्डारीले सोमबार राति हत्या भएको हुनसक्ने उल्लेख गर्दै मङ्गलबार बिहान मात्र थाहा भएको बताउनुभयो ।

उहाँले दुईवटा छोराहरु टिकापुर र काठमाडौं बस्ने भए पनि शाही भने गाउँको घरमा एक्लै बस्दैआएको जानकारी दिनुभयो ।
उहाँले दिउँसोको समयमा घरमा सहयोग गर्ने मानिस भए पनि राति आफ्नो घर जाने भएकाले पनि शाही एक्लै भएको मौका छोपी सुनका गरगहना लुट्ने क्रममा हत्या भएको हुनसक्ने बताउनुभयो ।
वडाअध्यक्ष भण्डारीका अनुसार बृद्धा शाहीको कानको रिङ र घाँटीको सिक्रि छैन भने अनुहारमा निलडाम, घाटीमा चोट लागेको छ । वडा अध्यक्ष भण्डारीले आफूले नै प्रहरीलाई खबर गरी घटनाको बारेमा जानकारी गराएको र प्रहरी घटनास्थल पुगी घटनाको अनुसन्धान गरिरहेकोे जानकारी दिनुभयो ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
