आफ्नै विद्यार्थीलाई यौन दुरव्यहार गरेको आरोपमा शिक्षक पक्राउ

इलाम । इलामको माई नगरपालिका–२ का खेमराज ढकाललाई बालिकामाथि यौन दुरव्यहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । ५२ वर्षे ढकाललाई प्रहरीले घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी मानबहादुर राईले जानकारी दिए ।
ढकालले आफ्नै विद्यार्थी दुई बालिकालाई यौन दुव्र्यवहार गरेको आरोप रहेको प्रहरीको भनाइ छ । उनी हरियाली रेसम शैक्षिक सार्वजनिक गुठी स्कुलका संस्थापक, शिक्षक हुन् । घटना’bout थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । स्थानीयले ढकालमाथि कानुनी कारबाही गर्न माग गर्दै उनलाई नियन्त्रण गरी राखिएको दानाबारी स्थित लोदिया प्रहरी चौकी परिसरमा नाराबाजीसमेत गरेको प्रहरीले जनाएको छ ।

ढकाल नेकपा (एमाले) जिल्ला कमिटी सल्लाहकार परिषद् सदस्य, बुद्धिजीवी परिषद् जिल्ला सदस्य, माई नगरपालिका १३ नम्बर इलाका सचिव तथा माई नगरपालिका शिक्षा समिति सदस्य समेत हुन् ।
आफ्नै विद्यार्थीलाई स्कुल परिसरमै दुव्र्यवहार गरेपछि पीडित बालिकाले अभिभावकलाई सुनाएका थिए । शिक्षकको यस्तो खबर सुनेपछि अभिभावक सहितको टोलीले स्कुलबाटै निकाली नगरपालिका कार्यालय अगाडी शिक्षक माथि हात समेत हालेको स्थानीय बताउँछन् । त्यसपछि लोदिया प्रहरी चौकी इन्चार्ज सूर्य मोक्तान तामाङको टोलीले ढकाललाई प्रहरी चौकी पु¥याएका थिए । ढकाललाई हिरासतमा राखेर जिल्ला प्रहरी कार्यालयले अनुसन्धान भइरहेको जनाएको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
