खेलकुद

एसियन कपमा छनोटका लागि उज्वेकिस्तानसँग भिड्दै नेपाल

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोटअन्तर्गत समूह ‘एफ’ को छनोटमा नेपालले आज घरेलु टोलीसँग खेल्दैछ ।

नेपाल र उज्वेकिस्तानबीचकाे उक्त खेल उज्वेकिस्तानको मिलि स्टेडियममा राति सवा ९ बजेबाट सुरु हुनेछ ।

बिज्ञापन

अघिल्ला दुवै खेलमा शानदार जित निकालेका दुवै टोलीका लागि यो खेल फाइनलसरह हुनेछ । नेपालले पहिलो खेलमा लाओसलाई ९–० र दोस्रो खेलमा श्रीलंकालाई ८–० ले पराजित गरेको थियो ।उज्वेकिस्तानले पहिलो खेलमा श्रीलंकालाई १०–० र दोस्रो खेलमा लाओसलाई ७–० ले पराजित गरेको थियो । नेपाल र उज्वेकिस्तानबिच अंक र गोल पनि बराबरी भएकाले निर्धारित समयमा बराबरी भएको खण्डमा खेल टाइब्रेकरमा जानेछ ।

उज्वेकिस्तान तुलनात्मक रुपमा नेपालभन्दा बलियो टोली हो । फिफा वरियतामा पनि उज्वेकिस्तान नेपालभन्दा ४९ स्थान माथि छ । वरियता र अघिल्ला खेललाई हेर्ने हो भने नेपालले घरेलु टोलीलाई हराउँदै थप मिहेनत गर्नुपर्ने देखिन्छ ।

समूह ‘एफ’ अन्तर्गतको अन्तिम खेल दुवै टोलीका लागि ‘डु अर डाइ’ को अवस्था छ । यो खेलमा जसले जित निकाल्छ । उही टोली अर्को वर्ष अष्ट्रेलियामा हुने एएफसी महिला एसियन कप फुटबलका लागि छनोट हुनेछ । पराजित हुने टोली घर फर्किनेछ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।