अर्थ

विश्व बैंकले पाकिस्तान र अफगानिस्तानलाई दक्षिण एसिया क्षेत्रबाट हटायो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

२२ असार, काठमाडौं। विश्व बैंकले अफगानिस्तान र पाकिस्तानलाई दक्षिण एसिया समूहबाट हटाएर अर्कै समूहमा लगेको छ । भारत र पाकिस्तानबीचको पछिल्लो तनावपछि विश्व बैंकले आफ्नो अफगानिस्तान र पाकिस्तानलाई दक्षिण एसियाली क्षेत्रबाट मध्यपूर्व तथा उत्तरी अफ्रिका क्षेत्रमा लगेको हो ।

यससँगै विश्वबैंकले उक्त क्षेत्रको नै परिवर्तन गरी ‘मध्यपूर्व, उत्तरी अफ्रिका, अफगानिस्तान र पाकिस्तान’ राखेको छ । यी दुई मुलुकलाई किन दक्षिण एसियाबाट अलग गरेर यसअघिको मध्यपूर्व र उत्तरी अफ्रिका (मेना) क्षेत्रमा राखिएको भन्ने विषयमा विश्वबैंकले केही उल्लेख गरेका छैन 

बिज्ञापन

तर, केही जानकार स्रोतहरुलाई भारतको एचटी मिन्टले जनाएअनुसार पाकिस्तानलाई विश्वबैंकले दिने ऋण रोक्नुपर्ने भन्दै भारतले दबाब दिएपछि विश्वबंैंकले यी दुई मुलुकलाई भारतभन्दा अलग समूहमा राखेको हो ।

विश्वबैंकले आफ्नो कार्यसञ्चालन, ऋण प्रवाह तथा तथ्यांकको विश्लेषणलगायत कामका लागि विश्वका देशहरुलाई विभिन्न समूहमा राख्ने गरेको छ । अन्तर्राष्ट्रिय मुद्राकोष, एसियाली विकास निगमलगायतले पनि देशहरुको यस्तै समूह बनाएर काम गर्ने गर्छन् । यस्ता समूहरुलाई उनीहरुले विशेषगरी आफ्नो संस्थागत कामको प्रयोजनका लागि मात्रै प्रयोग गर्छन् ।

यसअघि दक्षिण एसिया क्षेत्रमा अफगानिस्तान, बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलंका गरी ८ देश थिए । अफगानिस्तान र पाकिस्तानलाई अलग गरेपछि अब यो क्षेत्रमा पाकिस्तान र अफगानिस्तानबाहेकका ६ मुलुकमात्रै रहेका छन् ।

विश्वबैंकले दक्षिण एसिया क्षेत्रको उपाध्यक्षका रुपमा जोहान्स जुटलाई नियुक्त गरेकोसम्बन्धी विज्ञप्तिमा दक्षिण एसियाली क्षेत्रका देशमा पाकिस्तान र अफगानिस्तानको नाम थिएन । अब भने उसले आफ्नो वेबसाइट अपडेट गरेर यी दुई मुलुकहरु मध्यपूर्व र उत्तरी अफ्रिकी मुलुकसँगै रहने गरी नयाँ क्षेत्र बनाएको उल्लेख गरेको हो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।