राजनीति

विद्यार्थीलाई पोशाकमै आन्दोलनमा ल्याएपछि प्रहरीको हस्तक्षेप

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । विद्यालय पोशाकमा विद्यार्थीहरूलाई आन्दोलनमा सहभागी गराइएपछि प्रहरीले हस्तक्षेप गरेको छ । सोक्रममा माइतीघर मण्डलामा प्रहरी र प्रदर्शनकारीबीच ठेलमठेल भएको छ ।

नेकपा बहुमतनिकट अखिल क्रान्तिकारीले विभिन्न विद्यालय र क्याम्पसहरूमा अध्ययनरत विद्यार्थीहरूलाई आन्दोलनमा सहभागी गराएको थियो ।

बिज्ञापन

प्रहरीले विद्यालय पोशाकमा सहभागीहरुलाई घर पठाउन आग्रह गर्दा पनि नमानेपछि धकेलाधकेलको अवस्था सिर्जना भएको हो ।

प्रहरीले ८ जनालाई पक्राउ पनि गरेको छ । जनपक्षीय शिक्षा ऐन जारी गर्न दबाब दिने उद्देश्यले प्रदर्शन गरिएको बताइएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।