घटना

स्कुटरमा अस्पताल जाँदै गरेका पुरुषको दुर्घटनामा मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

रुपन्देही । बुटवलको कालिकानगरमा स्कुटर दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ।

पाल्पाको पूर्वखोला गाउँपालिका वडा नं ४ घर भइ हाल बुटवल १० कालिकानगरमा दिदीको घरमा बस्दै आएका ५७ वर्षीय पुर्ण श्रेष्ठको स्कुटर दुर्घटनामा परि मृत्यु भएको हो।

बिज्ञापन

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार मिर्गौलाका विरामी श्रेष्ठ डायलाइसिस गराउन अस्पताल जाने क्रममा सोमबार विहानै दुर्घटनामा परेका थिए। लु १९ प २६९७ नम्बरको स्कुटरमा अस्पताल जाँदै गरेका श्रेष्ठ बुटवल १० कालिकानगरस्थित सर्भिसलेनमा रोकिराखेको ना २ ह ७५३ नं को अटोरिक्सासँग ठोक्किएर दुर्घटनामा परेका थिए ।

प्रहरीले श्रेष्ठलाई घटनास्थलमै मृत्यु भएको अवस्थामा फेला पारि पोष्टमार्टमको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लगेको जनाएको छ।प्रहरीले घटनास्थलमा स्कुटर र मृतक श्रेष्ठलाई मात्र पल्टिएको अवस्थामा फेला पारेपछि नजिकैका सिसिटिभी फुटेज हेर्दा अटोरिक्सासँग ठक्कर खाएर स्कुटर पल्टिएको भेटिएको थियो। त्यसपछि खोजी गर्दै जाँदा बुटवल उपमहानगरपालिका वडा नं २ मैनाबगरमा लुकाएको अवस्थामा अटोरिक्सा फेला परेको छ ।

अटोरिक्साको चालक भने फरार छन्। अहिले अटो रिक्सा र स्कुटरलाई नियन्त्रणमा लिई चालकको खोजी गरिरहेको प्रहरीले जनाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।