रुखबाट लडेर घाइते, अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु

३० असार, काभ्रेपलाञ्चोक । सिन्धुलीको फिक्कल गाउँपालिका-३ चनौटे बस्ने ४१ वर्षीय इन्द्र आले मगरको रूखबाट लडेर मृत्यु भएको छ ।
चनौटेको तीनअंके डाँडा सामुदायिक बनमा खस्रोको रुखमा चढी घाँस काट्ने क्रममा खसेर घाइते भएका आलेमगरको उपचारका लागि लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख ज्ञानकुमार महत्तोले जानकारी दिए ।

स्थानीय चनौटे अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारका लागि उनलाई चरिकोटमा रहेको पशुपती चौलागाईं स्मृति अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
आइतबार साँझ करिब साढे ६ बजेदेखि सडकमा आएको लेदोले बीपी राजमार्गको रोशी गाउँपालिका–९ पिन्थली र मंगलटार बिरुवाडाँडा र ९ र ११ को सिमाना कालढुङ्गा क्षेत्र अवरुद्ध भएपछि उनलाई खुर्कोटबाट मन्थली-चरिकोटको बाटो हुँदै काठमाडौं लैजान लागिएको थियो ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
