घटना

प्रेस चौतारी रुकुम पश्चिमका अध्यक्ष खत्रीविरुद्ध आत्महत्या दुरुत्साहनको उजुरी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

३० असार, काठमाडौं । रुकुम पूर्वको सिस्ने गाउँपालिकाकी कार्यालय सहायक पदमा कार्यरत कोइली शाहीको मृत्यु प्रकरणमा एक जना पत्रकार मुछिएका छन् ।

प्रेस चौतारी रुकुम पश्चिमका अध्यक्ष परिचन्द्र खत्री घटनामा मुछिएका हुन् । खत्रीमाथि आत्महत्या दुरुत्साहनको किटानी जाहेरी परेको छ । शनिबार साँझ जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वमा आत्महत्या दुरुत्साहनको किटानी जाहेरी परेको हो ।

बिज्ञापन

रुकुम पूर्व सिस्ने गाउँपालिका-६ खोपिचार घर भएकी २५ वर्षीया कोइली शाही शनिबार बिहान कोठामा मृत फेला परेकी थिइन् ।

शाहीको परिवारले पत्रकार खत्रीविरुद्ध आत्महत्या दुरुत्साहनको किटानी जाहेरी दिएको हो । खत्रीले शाहीलाई फोन गरेर पटक-पटक तनाव दिने गरेको परिवारका सदस्यको आरोप छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक उमा शंकर प्रसाद यादवले घटनाको अनुसन्धान भइरहेको र जाहेरी परेका व्यक्तिको खोजी कार्य चलिरहेको बताएका छन् ।

मृतकको अन्त्येष्टि गरिसकिएको छ तर  पोष्टमार्टम रिपोर्ट भने आएको छैन । रिपोर्ट आउन अझै केही दिन लाग्ने डीएसपी यादवले बताए ।

जाहेरी परेपछि पत्रकार खत्री भने फरार भएका छन् । उनी कसैको सम्पर्कमा आएका छैनन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।