राष्ट्रिय समाचार

घुससहित समातिएका शिक्षक किताबखानाका अधिकृत प्रसाईँसहित २ जनालाई ६ महिना जेल

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । विशेष अदालतले शिक्षक किताबखानाका शाखा अधिकृत धनेश्वर प्रसाईंलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

ताहचलस्थित शिक्षक कितावखानाका शाखा अधिकृत प्रसाईंले ३ लाख रुपैयाँ घुस लिएको भ्रष्टाचार मुद्दामा दोषी ठहर भएको हो ।

बिज्ञापन

विशेष अदालतका सदस्यहरु तेजनारयाण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले प्रसाईंलाई ६ महिनाम कैद सजाय फैसला गरेको छ ।

त्यस्तै घुस उठाउन सहयोगी भूमिका खेलेका क्यान्टिन सञ्चालक सुदर्शन न्यौपाने पनि दोषी ठहर भएका छन् । उनलाई पनि ६ महिना कैद सजाय सुनाएको छ ।त्यस्तै उनीहरु दुबैले डेढ/डेढ लाख रुपैयाँ जरिबाना बुझाउन आदेश दिएको छ।  प्रसाईंले  पेन्सन पट्टा बनाउन आएका एक  पूर्वशिक्षकसँग घुस बापत ३ लाख रुपैयाँ लिएका थिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।