राजनीति

नेकपा बहुमतका विद्यार्थीले प्रधानमन्त्री र शिक्षामन्त्रीको पुत्ला जलाए

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री रघुजी पन्तको पुत्ला दहन गरिएको छ ।

नेकपा बहुमट निकट अखिल (क्रान्तिकारी) का विद्यार्थीहरूले बुधबार साँझ डिल्लीबजारदेखि सिंहदरबारतर्फ जाने बाटोमा पुत्ला दहन गरेका हुन् ।उनीहरुले प्रधानमन्त्री र शिक्षामन्त्रीमाथि विभिन्न आराेप लगाउँदै मसाल जुलुस निकालेका थिए ।

बिज्ञापन

संविधानको भाग ३ अन्तर्गत धारा ३१ मा सुनिश्चित गरिएको शिक्षासम्बन्धी मौलिक हकको उल्लंघन भएको, शिक्षाको निजीकरण र व्यापारीकरणलाई प्रोत्साहन गरिएको, र शैक्षिक माफिया तथा दलालहरूको संरक्षण गरिएको लगायतका आरोप लगाउँदै उनीहरूले मसाल जुलुस निकालेका हुन् ।

उनीहरुले साउन २ गतेदेखि शैक्षिक हड्तालको घोषणा गरेका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।