घटना

कैलालीमा खोलामा डुबेर दुई जनाको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी । कैलालीमा खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ । बिहीबार दिउँसो गौरीगंगा नगरपालिका–११ ऐठास्थित सुर्मा खोलामा पौडी खेल्ने क्रममा डुबेर सोही ठाउँका दुई युवकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा २५ वर्षीय उमेश धामी र २० वर्षीय प्रकाश धामीको रहेका छन्। घरदेखि करिब ७ सय मिटर दक्षिण–पश्चिम रहेको सुर्मा खोलामा पौडी खेल्ने गएका उनीहरू डुबेर बेपत्ता भएका थिए।

बिज्ञापन

इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको टोली र स्थानीयवासीको सहयोगमा उनीहरूको खोजी गर्दा दुवै जनालाई बेहोस अवस्थामा उद्धार गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजकुमार सिंहका अनुसार उनीहरूलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषित गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।