सुदूरपश्चिम प्रदेश

एयरफोन चोरीको आरोपमा हत्या

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कैलाली । धनगढी उपमहानगरपालिका–१४ फूलबारीमा एयरफोन चोरीको निहुँमा कुटपिटबाट एक युवकको ज्यान लिएको आरोपमा प्रहरीले मृतककै सहोदर भाइ र भाञ्जालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ३५ वर्षीय गणेश गिरीको हत्या अभियोगमा उनका सहोदर भाई ३३ वर्षीय पदम गिरी र भाञ्जा १८ वर्षीय प्रदीप बोहरा पक्राउ परेका हुन्।

बिज्ञापन

प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार असार २८ गते राति प्रदीपले आफनो एयरफोन चोरी भएको भन्दै कुटपिट गरेका थिए। कुटपिटबाट गम्भीर घाइते भएका गणेश गिरीको असार ३० गते मृत्यु भएको थियो।

गिरीको शव परिवारले परम्परागत तरिकाले घरनजिकै गाडेका थिए। बिहीबार गिरीको भान्जाबाटै हत्या भएको खबर पुगेपछि कैलाली प्रहरीले गिरीको शव गाडिएको स्थानबाट उत्खनन् गरेको थियो ।

हत्या प्रकरणमा भान्जा बोहरा मुख्य आरोपीका रूपमा र सहोदर भाई पदम गिरीलाई मतियारको भूमिकामा संलग्न देखिएको भन्दै दुवैलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। शव परीक्षणपछि मृतकको शव परिवारलाई बुझाइएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।