घटना

छोरी स्कुल पुर्‍याउन गएकी नितु १७ दिनदेखि बेपत्ता

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

राजविराज । छोरीलाई विद्यालय पु-याएर आउँछु भनी घरबाट निस्केकी एक महिला विगत १६ दिनदेखि वेपत्ता छिन । राजविराज नगरपालिका–७ कि २५ वर्षिया नितु कुमारी मेहता यसरी वेपत्ता भएकी हुन ।

घरबाट करिब ६ सय मिटर टाढा रहेको नोबेल एकेडमी बोर्डिङ्ग स्कुलमा जेठी छोरी ६ वर्षिया सन्ध्यालाई पु¥याएर आउँछु भनी गत असार २० गते विहान १० बजे निस्केकी नितु त्यही दिन देखी वेपत्ता भएको परिवारजनले जनाएको छ ।

बिज्ञापन

घर ’round खोजी गर्दा नभेट्टाएपछि परिवारजनले सोही दिन राती १० बजेतिर जिल्ला प्रहरी कार्यालय सप्तरीमा जानकारी दिए । प्रहरीले खोजी कार्य जारी राखेको जनाएपनी नितुको अवस्था अझै अज्ञात छ ।

“उनका साथी, आफन्त र चिनजान भएका ठाउँ सबै तीर खोजी सकेका छौ, अहिले सम्म केही पत्ता लागेको छैन, ससुरा राम नारायण मेहताले भने–हामीले हराएकै राती प्रहरीलाई खबर ग¥यौं, तर अहिले सम्म कुनै अत्तोपत्तो छैन ।”

नितुका श्रीमान सुरेन्द्रका अनुसार हराएको दिन विहान १०ः३० बजेतीर नितु विद्यालयमा छोरीलाई पु¥याई फर्किरहेको सीसीटिभी फुटेजमा देखिएको थियो । त्यसपछी सोही दिन दिउँसो २ बजे तीर अन्तिम पटक सीमावर्ती भारतीय बजार भीमनगरमा एक्लै गइरहेको सीसीटिभी फुटेजमा देखिएको छ ।

दुबै सीसीटीभी फुटेज परिवारजनले प्रहरीलाई समेत उपलब्ध गराएका छन । प्रहरी नायब उपरिक्षक जीतेन्द्र कुमार वस्नेतले सम्भावित स्थान तथा सीसीटीभी फुटेजका आधारमा पनि खोजी तिब्र पारिएको जनाएका छन ।

“नितुलाई सकुशल उद्धार गर्ने गरी खोज्दै छौ, जस्तो सुकै अवस्थामा भएपनि फेला पार्छाै, उनले भने–उनको विगतको इतिहास र वर्तमान पनि विश्लेषण गरेर खोजी कार्य अघि बढाएका छौं ।”

उनले सबै प्रहरी निकायमा नितुको हुलिया सर्कूलर गरेको जानकारी समेत गराए । नितुले प्रयोग गर्ने मोबाइल (९८२३५३०११२) वेपत्ता भए कै दिन दिउसो २ बजे देखी स्विच अफ बताईरहेकाले खोजी कार्यमा समस्या देखिएको प्रहरीको भनाई छ ।

छोरी सन्ध्याले आफुलाई विद्यालय पु-याएर फर्किने बेला आमाले “ म तिम्रो मामाघर (भारत विहार राज्यको सिपौल जिला ग्राम सातेनपट्टीं) जान्छु, ३-४ दिनमा फर्किन्छु, भन्दै हिडेको बताएकी छिन ।

हराएको दिन करिब दिउसो पौने दुई बजेतीर नितु संग अन्तिम पटक गफ भएको र सो क्रममा उनले “जहाँ जानु छ त्यही जादैछु , २ वटै छोरीलाई राम्ररी हेर्नु भन्दै मोवाईलको स्विच अफ गरेको श्रीमान सुरेन्द्रले बताएका छन ।

नितु वेपत्ता भएको खबर पाएपछी खोज तलासका क्रममा उनका बुवा देवकुमारसहित माईती पक्षबाट आफन्तहरु प्नि राजविराज आईपुगेका छन । भारतको सिपौल जिला पुलिस कार्यालयमा हुलिया विवरण सहित निवेदन दिएका माईती पक्षले जिल्ला प्रहरी कार्यालय सप्तरीमा समेत निवेदन दिदै खोजतलासका लागी आग्रह गरेका छन ।

रोजगारीका सिलसिलमा विदेशी भुमी दुबईमा रही जेठी छोरी सन्ध्याको असार २५ गते हुने मुण्डन कार्यक्रमका लागि घर फर्किएका बेला श्रीमति नितु वेपत्ता हुनु रहस्यमयको विषय बनेको श्रीमान सुरेन्द्रको भनाई छ । उनले नितुको अवस्था पत्ता लगाउनमा सहयोगका लागी सबै संग आग्रह गरेका छन ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।