साफ यू-२० महिला च्याम्पियनसिप : निर्णायक खेलमा बंगलादेशसँग खेल्दै नेपाल

५ साउन, काठमाडौं । बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको अन्तिम एवं नि्र्णायक खेलमा नेपालले आज साविक विजेता बंगलादेशसँग खेल्दै छ ।
खेल बसुन्धरा किङ्स एरेनामा नेपाली समयअनुसार साँझ पौने ७ बजेदेखि सुरु हुनेछ । यस खेलपछि साफ यू-२० को यस संस्करणको विजेताको टुंगो लाग्नेछ ।

हालको अवस्थामा बंगलादेश सहज अवस्थामा छ भने नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ । बंगलादेशले बराबरी मात्र खेलेपनि उपाधिका लागि पर्याप्त हुनेछ भने नेपाललाई जितको विकल्प हुने छैन ।
नेपालले यसअघि बंगलादेशसँगको पहिलो खेलमा ३-२ गोलअन्तरको हार बेहोरेको थियो । त्यसकारण बंगलादेश अपराजित रहँदै उपाधि जित्न दाबेदारको रूपमा छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
