घटना

कञ्चनपुरमा परपुरुषसँग मिलेर श्रीमानको हत्या

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका-४ सिलकट्टीजाई शिविरका ३५ वर्षीय रामरेसर रानाको हत्या भएको खुलेको छ। घर नजिकै सडक छेउमा वैशाख १७ गते साइकलसहित मृत फेला परेका रानाको उनकी श्रीमतीका प्रेमीले हत्या गरेको खुलेको हो।

शव फेला परेपछि राना वैशाख १६ गते साँझ खाना खाएर घरबाट गएर नफर्किएको भनिएको थियो। तर, प्रहरी अनुसन्धानले भने उनको वैशाख १६ गते साँझ हत्या गरेको खुलेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक खडकबहादुर खत्रीका अनुसार बेलौरी नगरपालिका–४ का पुन्ना राना र मृतक रामरेशरकी श्रीमती माया रानाबिच अनैतिक सम्बन्धले उक्त घटना भएको हो। वैशाख १६ गते मायालाई मृतक रानाले पुन्नासँग आफ्नै घरमा देखेपछि झगडा भएको थियो।

बिज्ञापन

श्रीमान–श्रीमतीबिच हातपात हुन थालेपछि पुन्ना रानाले बाँसको चिर्पटले राम रेसर माथि प्रहार गरेका थिए। उनको घटनास्थलमै मृत्यु भएपछि शवलाई सडक छेउमा फालिएको हो। शव फाल्न पुन्ना रानालाई माया राना र स्थानीय मानमती चौधरी रानाले सहयोग गरेका थिए। तिनै जनाले आरोप स्वीकार गरेपछि असार २६ गते जिल्ला अदालत कञ्चनपुरले पुन्ना रानालाई पुर्पक्षका लागि थुनामा पठाए आदेश दिएको थियो।

मृतककी श्रीमती माया चौधरी र मानमती चौधरीलाई एक–एक लाख धरौटीमा छोड्न आदेश दिइएको भए पनि उनीहरूले धरौटी बुझाउन नसकेपछि कारागार चलान गरिएको छ। मृतक राना भारतमा मजदुरी गर्दै आएका थिए।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।