घुस प्रकरणमा बयान दिन पूर्वभूमि व्यवस्थामन्त्री रञ्जिता श्रेष्ठ अख्तियारमा

काडमाडौं, ८ साउन । घुस प्रकरणमा बयान दिन पूर्वभूमि व्यवस्थामन्त्री रञ्जिता श्रेष्ठ अख्तियारमा पुगेकी छिन् । अख्तियार स्रोतका अनुसार श्रेष्ठ हिजो बिहान अख्तियार हाजिर भएकी हुन्।
कास्कीको भूमि आयोग अध्यक्ष र मालपोत प्रमुख सरुवामा ७८ लाख घुस डिल भएकोमा उनीसमेत संलग्न रहेको देखिएपछि अख्तियारले बयानका लागि बोलाएको हो । यही प्रकरणमा राजीनामा दिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको मंगलबार अख्तियारले भ्वाइस टेस्ट गरेको छ भने बिचौलिया सुजन लामाले पनि बयान र भ्वाइस टेस्ट दिइसकेका छन् ।
अख्तियारले श्रेष्ठसँग सार्वजनिक भएको अडियोमा भ्वाइस टेस्ट र अरु आवश्यक सोधपुछ गरेको छ।

डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
