बैतडीमा भीरबाट लडेर १७ बर्षीया किशोरीको मृत्यु
लोक कल्याणकारी विज्ञापन

बैतडी । बैतडीमा भीरबाट लडेर एक किशोरीको मृत्यु भएको छ ।
लोक कल्याणकारी विज्ञापन

जिल्लाको पुर्चौंडी नगरपालिका-५ दहतोली,परगैरा घर भएकी १७ बर्षीया रश्मी बोहराको बुधबार भीरबाट लडेर मृत्यु भएको हो । घर नजिकैको गलेखी भीरमा बाख्रा चराउन गएकी बोहरा चिप्लेर लडेकी थिइन् । भीरबाट झण्डै ५० मिटर तल खसेकी उनको घटनास्थलमै मृत्यु भएको भूमीराज मावि गहताडका निमित्त प्रधानाध्यापक अशोकबहादुर कुँवरले बताए । बोहरा भूमीराज मावि गहताडमा कक्षा १० मा अध्ययनरत थिइन् ।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

