भैरहवाको बालसुधार गृहका मनिटरद्वारा आत्महत्या

रूपन्देही । रुपन्देहीको भैरहवास्थित लुम्बिनी प्रदेशस्तरीय बालसुधार गृहका नाइके रहेका बालकैदीले आत्महत्या गरेका छन् । शनिबार ती बालकले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक (डीएसपी) गणेश सापकोटाले जनाएका छन् ।
दिउँसो करिब २ बजे सिद्धार्थनगर नगरपालिका–७, तिनतारापथस्थित रहेको बाल सुधार गृहमा २१ वर्षीय सन्दिप गोसाईले भुण्डिएर आत्महत्या गरेको उनले बताए ।

गोसाई रुपन्देहीको सम्मरीमाई गाउँपालिका–४ का हुन् । उनी जवरजस्तीकरणी मुद्दामा कैदी जीवन कटाइरहेका थिए । प्रहरीका अनुसार मृतक गोसाईले विगत १ वर्षदेखि सुधारगृहमा मोनिटर (नाइके)को रुपमा जिम्मेवारी वहन गर्दै भित्रको रेखदेख गर्दै आएका थिए ।‘दिउँसो सुधारगृहमा रहेका बालकहरुको गन्ती गरी चेकजाँच गर्ने क्रममा सुधार गृहको तेस्रो तल्लाको टिनले छाएको स्टोर कोठामा फलामको पाइपमा नरिबलको डोरीले पासो लगाई झुण्डिएको अवस्थामा गोसाईलाई फेला पारिएको हो’, डीएसपी सापकोटाले भने ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
