घटना

आफ्नै दाजुको हत्या गरी फरार भाइ सीमावर्ती गाउँबाट पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

आपसी विवादको क्रममा चार दिनअघि धारिलो हतियार प्रहार गरी दाजुको हत्या गरी फरार भएका भाइलाई प्रहरीले भारततर्फ भाग्दै गरेको अवस्थामा सीमावर्ती गाउँबाट पक्राउ गरेको छ । 

सिराहाको गोलबजार नगरपालिका मुसहर्निया पुराण्डिह गाउँका करिब २५ वर्षीय भुट्का भनिने श्यामकुमार सदालाई सिराहाको दक्षिणी सीमावर्ती औरही गाउँपालिका– ३, जमुवास्थित नहरको बाटो हुँदै भारतर्फ भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ। सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार पक्राउ गरिएका सदालाई आइतबार सिराहा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई इलाका प्रहरी कार्यालय गोलबजारमा राखेर थप अनुसन्धान भइरहेको छ।

बिज्ञापन

गाउँमा मदिरा सेवन गरेर घर फर्किएका सदाले गत बिहीबार साँझ १९ वर्षीया श्रीमती कौशिला सदालाई कुटपिट गर्न थालेपछि छुट्याउन गएका सहोदर दाजु करिब ३५ वर्षीय लेलहा भनिने मोतीराम सदाको छातीमा धारिलो हतियार प्रहार गरेका थिए। हतियार प्रहारबाट गम्भीर घाइते भएका सदालाई तत्काल छिमेकीले लहानस्थित रामकुमार उमाप्रसाद प्रादेशिक अस्पताल पुर्‍याएको  भए पनि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनालगत्तै हतियारसहित फरार भएका भाइलाई खोजतलास गर्ने क्रममा भारतीय सीमाभन्दा करिब तीन किलोमिटरभित्र रहेको जमुवा गाउँबाट पक्राउ गरिएको हो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।