अवर्गीकृत

ज्ञानेन्द्र शाही र कुलमानलाई ‘ग्लोबल हिरो अवार्ड’

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी , १२ साउन / अमेरिकाको न्युयोर्कमा आयोजित एक कार्यक्रमकाबीच राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) र नेपाल विद्यत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘ग्लोबल हिरो अवार्ड’बाट सम्मान गरिएको छ ।

यो अवार्ड अमेरिकाको न्युयोर्क शहरमा ग्लोबल नेपालीद्वारा आयोजित एक भव्य समारोहमा प्रदान गरिएको हो । यसवर्ष विशेष गरी ज्ञानेन्द्र शाही र कुलमान घिसिङको राष्ट्र निर्माण र जनसेवामा पुर्‍याएको योगदानको कदर स्वरूप यो अवार्ड प्रदान गरिएको हो ।

बिज्ञापन

न्युयोर्कमा आयोजना भएको यो कार्यक्रममा नेपाली डायस्पोराका साथै विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो । ग्लोबल नेपालीले नेपाली प्रतिभा र राष्ट्रका लागि समर्पित व्यक्तित्वहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाएर उनीहरूको योगदानलाई उच्च कदर गर्दै आएको छ।

अवार्डपछि शाहीले विदेशमा हुने सबै नेपालीहरुप्रति आभार व्यक्त गर्दै अवार्डको श्रेय जुम्ली, कर्णालीका साथै देश विदेशमा रहेका सुशासनको पक्षमा बोल्ने नेपालहरुप्रति समर्पित गरेका छन् ।

अवार्ड ग्रहण गरेपछि शाहीले भने, ‘ग्लोबल हिरो अवार्ड कर्णाली र जुम्ली जनताको भरोसाका साथै सम्पूर्ण देश-विदेशमा रहेका नेपालीहरूको विश्वासको श्रेष्ठता हो । यो अवार्डको श्रेय उहाँहरूप्रति समर्पित गर्दछु।’ उनले यो अवार्डले निःसन्देह समाजमा राम्रो काम गर्ने प्रेरणा दिने र एकताको भावनालाई बलियो बनाउने विश्वास व्यक्त गरे ।

सत्तारुढ नेपाली कांग्रेसकै केही सांसदले अख्तियार प्रमुख प्रेम राईलाई महाअभियोग लगाउनुपर्ने माग गरेका छन् । के भन्नुहुन्छ ?

कुलमान घिसिङले पनि अवार्डका आभार व्यक्त गरेका छन् । यतिबेला आफ्नो अभियानलाई लिएर विदेशमा केन्द्रित छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।