अनौठो

घरपालुवा कुकुर मरेपछि वडासदस्य पौडेल बसे ९ दिन किरिया

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

रुपन्देही । दाङको तुलसीपुर उपमहानगरपालिका–१७ का वडासदस्य शशीधर पौडेल आफ्नाे घरपालुवा कुकुरको मृत्यु भएपछि ९ दिन किरिया बसेका छन् । ९ वर्षसम्म  पालेको कुकुरको मृत्युपछि उनले देखाएको भावुकताले अहिले सामाजिक सन्जालमा चर्चा पाएको छ ।

शशीधरले पालेको ‘रमी’ नामक कुकुर साउन ६ गते अचानक हराएको थियाे र पछि मृत अवस्थामा भेटियाे । उनले रमीलाई आफ्नै सन्तानसरह माया गरेका थिए । ९ दिनसम्म किरिया बसेर नवौं दिनमा आफन्तजन बोलाएर श्रद्धाञ्जली सभासमेत उनले गरे ।

बिज्ञापन

‘मानिसको आत्मीयता केवल मानवमा मात्र सीमित हुँदैन, घरपालुवा जनावरहरूसँग पनि गहिरो सम्बन्ध बन्न सक्छ । जता गयो, सँगै गयो । मोटरसाइकल चढेर बजार जान्थ्यो, घरको हेरचाह गथ्र्यो, हामीलाई के खानु छ के छैन भन्नेसम्मको चिन्ता गरिदिन्थ्यो’, पौडेल भन्छन् ।

कुकुर एकाएक हराएको र खोजी गर्दा मृत भेटिएपछि किरिया बसेको उनले बताए । उनका अनुसार रमीले घरमा आउने अपरिचितप्रति सतर्कता अपनाउने, ढोका नलगाएर निस्किँदा सुरक्षा गर्ने, भाषा बुझेझैं व्यवहार गर्ने जस्ता गुण देखाएको थियो ।

वडाअध्यक्ष थलराज पुरीले कुकुर इमानदार र बफादार प्राणी भएकाले र मानिसले अन्य प्राणीहरूप्रति पनि समान माया र व्यवहार गर्नुपर्छ भन्ने सन्देश यसले दिएको बताउँदै यो घटना केवल भावनात्मक नभई मानवीय संवेदनाको गहिरो सन्देश बोकेको जनाए ।

२०७३ साउन ६ गते रमीलाई ५ हजार ७०० रूपैयाँमा काठमाडौंबाट किनेर ल्याएका थिए पौडेलले ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।