घटना

ताप्लेजुङमा खुकुरी प्रहार गरी दाजुले गरे भाइको हत्या

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

ताप्लेजुङमा खुकुरी प्रहार गरी दाजुले भाइको हत्या गरेका छन् । आठराई त्रिवेणी गाउँपालिका-४ चागेमा शुक्रवार राति दाजुभाइबिच सामान्य वादविवाद हुँदा दाजुले भाइलाई खुकुरी प्रहार गरेका थिए । दाजुले प्रहार गरेकाे खुकुरीले भाइकाे मृत्यु भएको वडाध्यक्ष अर्जुन लिम्बुले जानकारी दिए। 

लोक कल्याणकारी विज्ञापन

२२ वर्षका मनकुमार बिकले घरायासी बिषयलाई लिएर सामान्य विवाद हुँदा आफ्नै भाइ वर्ष २० का रोशन बिकको हत्या गरेको जिल्ला प्रहरी प्रमुख वेद प्रसाद गौतमले जानकारी दिए ।

लोक कल्याणकारी विज्ञापन

दाजुले धारिलो खुकुरीले भाइको पेटमा प्रहार गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटना थाहा पाउनासाथ इलाका प्रहरी कार्यालय दोभानबाट प्रहरी टोली घटनास्थल पुगेर राति १०:३० बजे खुकुरी प्रहार गर्ने दाजु मनकुमार बिक र खुकुरी नियन्त्रण लिएको छ ।

बिज्ञापन

आरोपित विकलाई अनुसन्धान तथा कानुनी प्रकृयाको लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।  

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन