घटना

नारायणगढबाट गोरखा जाँदै गरेको बस मर्स्याङ्दी नदीमा खस्यो 

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

तनहुँको आँबुखैरेनी गाउँपालिका– २ स्थित ऐनापहरामा यात्रुवाहक बस दुर्घटना भएको छ । नारायणगढबाट गोरखातर्फ जाँदै गरेको बा.२ख १०७७ नम्बरको यात्रुवाहक बस आइतबार दिउँसो  ४ बजेर २० मिनेटको समयमा दुर्घटना भई मर्स्याङ्दी नदीमा खसेको प्रहरीले जनाएको छ । 

उद्धारका लागि सशस्त्र प्रहरी बल विपत् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, नं. २३ मनकामना गण तनहुँ तथा जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी टोली खटिएको छ ।  पाँच घाइतेलाई आँबुखैरेनी अस्पताल लगिएको र अवस्था गम्भीर भएका एक जनालाई भरतपुर अस्पताल रेफर गरिएको  सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए। 

बिज्ञापन

दुर्घटनामा गोरखा सहिद लखन गाउँपालिकाकी ४० वर्षिया सुनु थापा भएकोमा उनको चितवन रिफर गरिएको छ । 

गोरखा नरपालिकाका ५४ वर्षिय सनबहादुर गुरुङ मध्यम घाइते छन् । सहिद लखन गाउँपालिकाकी ४३ वर्षिया सीता थापा, ३८ वर्षिया मिना थापा र तनहुँको आँबुखैरेनी गाउँपालिकाका ७ वर्षि खुसी रामदाम सामान्य घाइते भएका छन् । उनीहरुको तनुहँमै उपचार भइरहेको छ । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।