घटना

सप्तरीमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । सप्तरीको नेपाल-भारत सीमा क्षेत्रमा मदिराको अवैध तस्करी नियन्त्रण गर्ने क्रममा सोमबार राति प्रहरी र तस्करबीच भएको झडपमा प्रहरीले चलाएको गोली लागेर एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको राजगढ गाउँपालिका-२ निवासी लालु यादव रहेको मधेश प्रदेश प्रहरीले पुष्टि गरेको हो । 

मधेश प्रदेश प्रहरी प्रमुख, डीआईजी उमाप्रसाद चतुर्वेदीका अनुसार, सीमा क्षेत्रमा ठूलो परिमाणमा मदिरा भण्डारण गरी तस्करी भइरहेको विशेष सूचनाको आधारमा प्रहरी टोलीले मध्यरातमा ‘सर्च अपरेसन’ चलाएको थियो।  सोही क्रममा प्रहरी टोली र मदिरा तस्करहरूको समूहबीच भीडन्त भएको थियो ।

बिज्ञापन

‘प्रहरीले मदिरा भण्डार गरिएको स्थानमा छापा मार्न खोज्दा तस्करहरूको समूहले प्रहरीलाई घेरा हालेर ढुङ्गामुढा प्रहार गर्न थाल्यो,’ डीआईजी चतुर्वेदीले भने, ‘अवस्था नियन्त्रणबाहिर गएपछि र आत्मरक्षाका लागि प्रहरीले ७ राउन्ड गोली चलाउन बाध्य भएको हो ।’

प्रहरीले चलाएको गोली यादवको तिघ्रामा लागेको थियो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनास्थल राजगढ गाउँपालिका-२, नेपाल-भारत सीमा नजिकै पर्दछ । प्रहरीले उक्त स्थानबाट विभिन्न ब्रान्डका ८० कार्टुन तयारी मदिरा बरामद गरेको छ । घटनापछि सो क्षेत्रमा तनावको स्थिति सिर्जना भएको छ र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।