किशोरीलाई बलात्कार गरेर फरार भएका दुई अभियुक्त पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले १७ वर्षे किशोरीलाई जबर्जस्ती करणी गरेर फरार भएका दुई जना अभियुक्तलाई करिब तीन महिनापछि पक्राउ परेको छ ।
गत वैशाख २३ गते वीरगञ्जको एक होटलमा जबर्जस्ती करणी गरेर घडीअर्वा पोखरीको गल्लीमा किशोरीलाई छोडी फरार भएका दुई जना अभियुक्त आज पक्राउ परेका हुन् ।

पर्सा प्रहरीका प्रवक्ता किशोर लम्सालले जबर्जस्ती करणी गरेर फरार भएका दुवै जनालाई आज पक्राउ गरिएको जानकारी दिए । उनले भने ‘ती अभियुक्तहरूले किशोरलाई पालैपालो बलात्कार गरेर रगताम्मे अवस्थामा छाडेर भागेका थिए ।’
पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका–२ सिसियारी स्थायी घर भई वीरगञ्ज बस्ने नेक महमद र रौतहट स्थायी घर भई वीरगञ्ज बस्ने अफताव अन्सारी रहेका छन् । ती दुवै जना मोटरसाइकल वर्कसप सञ्चालक र कामदारको रूपमा कार्यरत रहेका थिए ।
प्रवक्ता लम्सालले जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले वीरगञ्ज–१५ स्थित प्रतिमा चोकबाट पक्राउ गरेर ल्याएर अपहरण तथा शरीर बन्धक र जबर्जस्ती करणीअन्तर्गतको कसुरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जानकारी दिए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
